उपाहार न्यूज
उदयपुर भाद्र ३१
उदयपुरमा राष्ट्रिय जनगणनाको काम सुरु भएको छ, जिल्लाभर जनगणनाको लागि १०७ जना सुपरिवेक्षकहरु नियुक्ति गरिएको जिल्ला जनगणना अधिकारी शिवनारायण महतोले जानकारी दिनु भयो । नेपाल सरकारको भाद्र २१ को निर्णय बमोजिम भाद्र ३० देखि मंसीर भित्र दुई चरणमा गरी सम्पन्न गर्ने गरी काम सुरु भएको छ ।
पहिलो चरणमा भाद्र ३० देखि १८ गते सम्म २० दिन जिल्लाका प्रत्येक घरमा २० वटा प्रश्नावली सहित सुपरिवेक्षकहरु पुगेर फारम भर्ने छन् । दोस्रो चरणमा ८० वटा प्रश्नावली सहित कात्तिक २५ देखि मंसीर ९ गते सम्मकमो लागि मुख्य प्रश्नावलीको आधारमा मुख्य गणना गर्ने जनगणना अधिकारी महतोले जानकारी दिनु भयो । जिल्लाभर राष्ट्रिय जनगणनाको लागि उदयपुरको गाईघाट, कटारी, मुकुर्ची र बेल्टारमा स्थानिय जनगणनाको कार्यालय स्थापना गरिएको छ । जनगणनालाई प्रभाकारी बनाउनका लागि सुपरिवेक्षकहरुलाई भाद्र २७ र २८ गते पुर्नतनाजगी तालिम समेत प्रदान गरिएको छ ।
उदयपुरमा राष्ट्रिय जनगणनाको लागि त्रियुगा नगरपालिकामा ३०, बेलका नगरपालिकामा १४, चौदण्डिगढि नगरपालिकामा १७, कटारी नगरपालिकामा १९, ताप्ली गाउँपालिकामा ५, रौतामाई गाउँपालिकामा ७, उदयपुरगढि गाउँपालिकामा १०, लिम्चुङबुङ गाउँपालिकामा ४ र कोशीटप्पुमा १ गरी जिल्लाभर १०७ जना सुपरिवेक्षक खटाईएको छ ।