उपाहार न्यूज
उदयपुर भाद्र ३१
अबुद्र्ध रोग निवारण संस्था उदयपुरले संस्थाको ३९ औ स्थापना दिवश उदयपुरमा एक कार्यक्रमा विच मनाएको छ । जिल्ला अस्पताल उदयपुरको सभाहलमा विहिबार बिहान एक अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरी संस्थाले स्थापना दिवश मनाएको हो ।
संस्थाले स्थापना दिवशको अबसरमा संस्थाको आजिवन सदस्यहरु मध्ये जेष्ठ सदस्य प्रेमचन्द्र निरौला र क्यान्सर रोग लागेर अबुद्ध रोग निवारण संस्थाको पहलमा उपचार पछि ठिक भएका त्रियुगा नगरपालिका १० का ज्ञान बहादुर मगरलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।

स्थापना दिवशको अबसरमा संस्था संग आबद्ध भएका आजीवन सदस्यहरुलाई आजिवन सदस्यताको प्रमाणपत्र समेत प्रदान गरिएको संस्थाका सचिव सुमन परियारले जानकारी दिनु भयो । कार्यक्रममा बोल्दै संस्थाका पूर्व केन्द्रिय सदस्य तथा सल्लाहकार निगमकुमार कोइरालाले अबुद्र्ध रोग निवारण संस्थाले विभिन्न किसिमिका सामाजिक उत्तरदायीत्व सहितका गतिविधिहरु विगत स्थापना काल देखि संचालन गर्दै आएको र आगामी दिनमा पनि सो कार्यलाई जारी राख्ने बताउनु भयो ।

सानो संख्याबाट सुरु गरिएको संस्थामा हाल दुई सय हारहारीमा आजीवन सदस्यको संख्या रहेको कोइरालाले जानकारी दिनु भयो । कार्यक्रममा साहयक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोख्रेल, प्रहरी उपरिक्षक सुबासचन्द्र बोहोरा जिल्ला अस्पताल उदयपुरका प्रमुख डा. जीवनारायण मण्डल, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेश ठाकुर, संस्थाका सल्लाहकारहरु राममणी पोख्रेल, बासुदेव खतिवडा, पत्रकार महासंघ उदयपुरका सचिव विश्वराज तामाङ लगायतको उपस्तिथी रहेको थियो । खैनी सुर्ती जन्य पदार्थको प्रयोगबाट क्यान्सर रोग निम्तीन सक्ने भएकाले यस किसिमको प्रयोगलाई कम गर्नका लागि संस्थाले आगामी दिनमा विभिन्न क्षेत्र संगको सहकार्य गरेर जनचेतनामुलक अभियानलाई विशेष अभियानका साथ अघि बढाउने संस्थाका अध्यक्ष लेख बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।