उपाहार न्यूज
उदयपुर भाद्र १५
नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत कांग्रेसको वडा अधिवेशन सहित उदयपुर जिल्लामा हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन अधिकृत खुसीराज गौतमका अनुसार कांग्रेसको गाउँ÷नगरको वडा अधिवेशन भाद्र १८ गते हुने छ ।
चार नगरपालिका र चार गाउँपालिका अधिवेशन भदौ २७ गतेको लागि मिति निर्धारण गरिएको छ । यता जिल्लाभरका चार प्रदेश सभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन असोज १ गते तय गरिएको छ । कांग्रेसको उदयपुरमा रहेको दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्रको निर्वाचन क्षेत्रीय अधिवेशन असोज ५ गते र जिल्ला अधिवेशन असोज १० गते हुने कार्यतकालिका निर्वाचन समितिले सोमबारनै सार्वजनिक गरेको थियो । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकालाई मंगलबार पार्टी कार्यालय गाईघाटमा आयोजित जिल्ला समितिको बैठकले अनुमोदन गरिएको छ । भाद्र १८ गते हुने वडा अधिवेशनमा सबै भन्दा बढि त्रियुगा नगरपालिकामा ३६७८, त्यसैगरी चौदण्ढिगढि नगरपालिकामा १७२३, वेलका नगरपालिकामा १०५४ र कटारी नगरपालिकामा २०१३ जना क्रियाशिलले वडा अधिवेशनमा सहभागीता जनाउने छन् । यता उदयपुरगढि गाउँपालिकामा ५०३, ताप्ली गाउँपालिकामा ४०९, रौतामाई गाउँपालिकामा ५४९ र लिम्चुङबुङ गाउँपालिकामा ३८१ जना क्रियाशिल सदस्यले वडा अधिवेशनमा सहभगीता जनाउने जिल्ला निर्वाचन समितिले जानकारी दिएको छ ।
यता उदयपुर जिल्लामा भाद्र १८ गते हुने नेपाली कांग्रेसको वडा अधिवेशनको लागि निर्वाचन अधिकृतको टुंगो लागेको कांग्रेस उदयपुरका प्रवक्ता मदनराज कटुवालले जानकारी दिए ।
त्रियुगा नगरपालिका १, महेन्द्र प्रसाद चौधरी, २, मदनबहादुर कार्कीढोली, ३, भक्त बहादुर तामाङ ४, दिपक पराजुली ५, महेश दाहाल ६, पदम बहादुर विक ७, शंकर खड्का, ८ अर्जुनप्रसाद ढुंगाना, ९ नारायण दनुवार, १० अमृत हमाल, ११ अर्जुन खत्री, १२ मणी प्रसाद पोख्रेल, १३ सुनिलकुमार झा, १४ खुम्बजीत तामाङ, १५ लिलानाथ पोख्रेल, १६ हुकुम बहादुर मगर तोकिएका छन् ।
त्यसैगरी बेलका नगरपालिका १ मा सुकदेव चौधरी, २ दिलिप चौधरी, ३ भिम खरेल, ४ ज्ञानमणी नेपाल, ५ भुपेन्द्र काफ्ले, ६ राजकुमार तामाङ, ७ देवी बहादुर राई, ८ भक्त बहादुर राई, ९ राजन पराजुली तोकिएका छन् । यता चौदण्डिगढि नगरपालिका १ मा लोकेन्द्र रसाईली, २ कमला सुवेदी, ३ रविन्द्र राई, ४ उमेश घिमिरे, ५ जीत बहादुर बस्नेत, ६ टेक बहादुर पोख्रेल, ७ कुवरकान्त झा, ८ अर्जुन ओझा, ९ देवेन्द्र अधिकारी र १० मा गणेश प्रसाद निरौला प्रतिनिधि तोकिएका छन् ।
त्यसै गरी कटारी नगरपालिका १ मा सुपक पाण्डे, २ उत्तमप्रसाद खनाल, ३ ध्रुबकुमार घिमिरे, ४ मोहन खड्का, ५ युवराज ढकाल, ६ तोप बहादुर राउत, ७ टंक बहादुर दनुवार, ८ दयानन्द चौधरी, ९ राजेश्वर यादव, १० पृथ्वीबहादुर थापा, ११ सविता कार्की, १२ यज्ञकुमार पौडेल, १३ शन्देश राउत र १४ मा तिलक खत्री तोकिएका छन् । त्यसैगरी ताप्ली गाउँपालिका १ मा तिलक बहादुर राई, २ वीर बहादुर श्रेष्ठ, ३ टलक बहादुर राई, ४ शिवप्रताप ज्यू ठकुरी, ५ रामजी पाण्डे निर्वाचन अधिकृत तोकिएका छन् । त्यसैगरी लिम्चुङबुङ गाउँपालिका १ मा छवि राई, २ मा मणिचन्द्र राई, ३ मा सुजता मगर, ४ मा धनशेर राई र ५ मा तेजबहादुर परियार तोकिएका छन् । यता उदयपुरगढि गाउँपालिका १ मा पवित्राकुमारी अधिकारी बस्नेत, २ मा विश्वराज ढुंगाना, ३ मा वेदप्रसाद चापागाई, ४ मा यम्मरमान राई, ५ मा शुरेश केसी, ६ मा पदमबहादुर तामाङ, ७ मा होम बहादुर मगर र ८ मा शुशिला गुरागाई तोकिएका छन् । त्यसैगरी रौतामाई गाउँपालिका १ मा शालीग्राम बस्नेत, २ मा रेक्सोना साही, ३ मा डम्मरकुमारी मल्ल, ४ मा केशरबहादुर खत्री, ५ मा राजन कटुवाल, ६ मा महेन्द्र बहादुर राउत, ७ मा हरिकला जीसी र ८ मा खड्गबहादुर कार्की निर्वाचन अधिकृतमा तोकिएका छन् । भाद्र १८ गते तोकिएको वडा अधिवेशनको लागि सबै वडा वडाका लागि तोकिएका निर्वाचन प्रतिनिधिहरु आवश्यक निर्वाचन सामाग्री तथा क्रियाशिल सदस्यको नामवली सहित कार्य क्षेत्रमा खटिएको नेपाली कांग्रेस उदयपुरले जनाएको छ ।