Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

अध्यक्ष गजेन्द्र भगतलाई ल्यापटप चोरीको आरोप : प्रथम उपाध्यक्ष समूहद्धारा खेद प्रकट

  • उपहार न्यूज
  • शुक्रबार, भाद्र ११ २०७८
अध्यक्ष गजेन्द्र भगतलाई ल्यापटप चोरीको आरोप : प्रथम उपाध्यक्ष समूहद्धारा खेद प्रकट

उपहारन्यूज
उदयपुर, भाद्र ११ ।

त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र कुमार भगत प्रति वाणिज्य संघको सचिवालयमा कार्यरत कर्मचारीले प्रयोग गर्ने ल्यापटप चोरीको आरोप लागेको छ । अध्यक्ष भगतले शुक्रबार कार्यालय समयमा काम गरिरहेका कर्मचारी संजिब श्रेष्ठले प्रयोग गरिरहेको ल्यापटप जुम मिटिङको लागी भन्दै मागेको र उक्त ल्यापटप अध्यक्षसँगै आएको मनोहर खतिवडलाई दिएर सुनिल साहकोमा पु¥याउन लगाएका थिए ।

उद्योग वाणिज्य संघको प्रशासनमा कार्यरत कर्मचारी संजिव श्रेष्ठले जुम मिटिङको लागि भनेर दिएको ल्यापटप अध्यक्षले उनीसँगै आएका एक युवकलाई बाहीर लग्न भने पछि त्यसो नगर्न आग्रह गरेका थिए । स्कुटरमा उद्योग वाणिज्य संघ परिसरमा पुगेका अध्यक्ष भगतलाई ती कर्मचारीले यसरी प्रशासनमा प्रयोग गरिएको ल्यापटप बाहिर लान मिल्दैन पूर्व समिति र वर्तमान समितिका पदाधिकारीलाई बोलाउछु बसेर कुरा गरौ भन्दा हिरो १२५ सिसिको २– ०३–००३ प ९४३८ स्कुटरनै छोडेर अध्यक्ष भगत भागेको कर्मचारी श्रेष्ठले बताए ।

यता अध्यक्ष भगतले छोडेर गएको स्कुटर संघका कर्मचारी र पदाधिकारीलहरुले प्रहरी कार्यालयमा जिम्मा लगाएका छन् । संघको ल्यापटप चोरी गरेको भन्दै अध्यक्ष भगत, सुनिल साह र अर्का एक युवकबिरुद्ध उद्योग वाणिज्य संघका कर्मचारीले चोरी सम्बन्धि कसुरमा जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिने तयारी गरेका छन् । यता अध्यक्ष गजेन्द्र कुमार भगतले त्रियुगा उद्योग वाणिज्य संघमा कार्यरत कर्मचारी डिल्ली उप्रेती र संजिब श्रेष्ठलाई निलम्वन गरेका छन् । त्रियुगा उद्योग वाणिज्य संघको सूचना पाटीमा सूचना टास गर्दै संघले सोधेको स्पष्टिरण नदिएको भन्दै तीन महिनाको लागि निलम्वन गरेको पत्र संघमा टास गरेको छ ।

यता त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश विश्वकर्मा सहित ९ जनाको समुहले उद्योग वाणिज्य संघले कर्मचारीलाई निलम्वन गर्ने कुनै निर्णय नभएको बताएको छ । भगतजी आफु खुसी जे गर्न मन लग्यो तेहि गर्दै हिडेका छन् संघको विधान अनुसार २०७८ श्रावण मसान्त बाट हामी पूर्व कार्य समिति भै सक्यौ तर अझै पनि भगत जीले आफुलाई वाहलवाला अध्यक्ष सम्झनु भएको छ प्रथम उपाध्यक्ष रमेश विश्वकर्मा भन्छन् ।

उद्योग वाणिज्य संघ कार्य समितिको पदावधि तीन बर्षे कार्यकाल २०७६ असार १७ गते सकिए पनि पटक पटक कार्य समितिको बैठकले २०७८ श्रावण मसान्त सम्मको लागि थप गरेको थियो । श्रावण मसान्त पछि कार्य समितिको कुनै पनि बैठकले कार्यसमितिको पदावधि थपिने निर्णय गरेको छैन कार्य समितिको कार्यकाल स्वत सकिएको भन्दै उद्योग वाणिज्य संघको दैनिक प्रशासनिक काम कर्मचारीबाट हुदै आएको छ । प्रथम उपाध्यक्ष रमेश विश्वकर्मा द्धितृय उपाध्यक्ष हस्तमाया राई सदस्यहरु केदार थापा, विनोद पाण्डे, सरोज बस्नेत, नविन बस्नेत, रुपम गुप्ता, टिका श्रेष्ठ र विष्णु ओली राईले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै अध्यक्ष भगत बाट भएको अवैधानिक क्रियाकलपाको भत्र्सना गर्दै कारवाहीको माग गरेका छन् ।

 

Last updated:2021 Aug 27 Friday 17:54:08

प्रतिक्रिया
सम्बन्धित समाचार