Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

कोभिड प्रभावित र फ्रन्टलाईनरलाई तनाव व्यवस्थापन तालिम

  • उपहार न्यूज
  • सोमबार, भाद्र ७ २०७८
कोभिड प्रभावित र फ्रन्टलाईनरलाई तनाव व्यवस्थापन तालिम

उपाहार न्यूज
उदयपुर भाद्र ७
कोरोना भाईरस संक्रमणको दोस्रो लहर चलिरहदाँ उदयपुरका विभिन्न स्थानिय तहमा कोरोना प्रभावितहरुलाई मनोवैज्ञानिक सहयोग तथा तनाव व्यवस्थापन तालिम दिईएको छ । जिल्लाका विभिन्न स्थानिय तहहरु संगको समन्वयमा मानसिक स्वास्थय तथा परामर्श केन्द्र (सी.एम.सी) नेपालले जिल्लाको बेलका, चौदण्डिगढि, त्रियुगा, कटारी र रौतामाई गाउँपालिकामा पुगेर सेवा प्रदान गरेको हो ।


कोरोना भाईरसको संक्रमण र त्यसबाट उत्पन्न विभिन्न गतिविधिले गर्दा मानसिक तनाव, डर, त्रास तथा असुरक्षितपन भोगिरहेका नागरिकहरुलाई सहज जीवनयापन गर्नका लागि सिएमसि नेपालले तालिम प्रदान गरेको हो । श्रावण १९ देखि भाद्र ३ गते सम्म १४ दिन सम्म जिल्लाका विभिन्न स्थानमा पुगेर ११२ स्वास्थ्यकर्मी २८ सुरक्षाकर्मी संगै कोभिड संक्रमित तथा पूर्व संक्रमित गरी ६ सय ५२ जनालाई उक्त सेवा दिईएको सिएमसी नेपालका जिल्ला परामशर्ककर्ता एल्सोधा राईले जानकारी दिनु भयो ।


मनोविद् एभन श्रेष्ठले सहजीकरण गर्नु भएको उक्त तालिममा सहभागीहरुले कोभिड १९ को परिस्तिथी संग जुध्न र कोभिड बाट उत्पन्न डर, त्रास तथा मानसिक समस्या हल गर्न सहज भएको बताए । कोभिड १९ को तेस्रो भेरियन्ट समेतको हल्ला चलिरहदाँ कोभिड १९ बाट नागरिकहरु थप आतंकित र त्रसित हुन नदिनका लागि स्थानिय तहहरुले मनोवैज्ञानिक सहयोग तथा तनाव व्यवस्थापन तालिमलाई व्यपकताका साथ अघि बढाउने पर्ने आवश्यक्ता रहेको नागरिकहरु बताउछन् ।

Last updated:2021 Aug 23 Monday 12:11:26

प्रतिक्रिया
सम्बन्धित समाचार