Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

कृशला चौधरीको हत्यारा पक्राउ

  • उपहार न्यूज
  • सोमबार, साउन ३२ २०७८
कृशला चौधरीको हत्यारा पक्राउ

उपाहार न्यूज
उदयपुर श्रावण ३२
उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ६ की कृशला चौधरीको हत्यामा संलग्नलाई प्रहरीले सोमबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । घटनामा संलग्न सप्तरीको सुरुङगा नगरपालिका १ बस्ने २७ बर्षिय उचितलाल सदा र २३ बर्षिय विषे सदालाई पक्राउ पछि प्रहरीले सार्वजनिक गरेको हो ।
श्रावण १३ गते देखि हराएकी चौधरीको राजदेवी सामुदायीक वन रातमाटे खहरे खोलामा लाश दुर्घन्धित अबस्थामा फेला परेको थियो ।
कृशलाका वुवा प्रेम कुमार चौधरीले श्रावण २० गते जिल्ला प्रहरी कार्यालय उदयपुरमा अस्पतालको शव गृहमा रहेको लाश आफ्नो छोरीको भनी जानकारी गराए थिए । प्रहरीको विशेष टोलीले आधुनिक प्रविधिको प्रयोग गरी विभिन्न अनुसन्धानको पाटाहरुमा समेत प्रयोग गरी १०० जना भन्दा बढि व्यक्तिहरु संग सोधपुछ, सामाजिक संजालको प्रयोग, घटनास्थलको अवलोकन मृतक परिवार संगको सोधपुछ लगायतको आधारमा अपराधि सम्म पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक सुबासचन्द्र बोहोराले जानकारी दिनु भयो । प्रहरी अनुसन्धानको क्रममा कृशलाको हत्या उचितलाल सदाले घरवार विगारिदिएको बदला स्वरुप हत्या गरिएको खुलसा गरिएको प्रहरीले जनाएको छ । कृशला हत्यामा सामाजिक संजाल तथा बाहिरि हल्ला जस्तो बलत्कार, एसिडको प्रयोग भएको भन्ने कुरामा पोष्टमार्ट रिपोर्टमा पुष्टि नभएको प्रहरीले जनाएको छ ।

Last updated:2021 Aug 16 Monday 07:52:19

प्रतिक्रिया
सम्बन्धित समाचार