Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

त्रियुगा टाइम्स १२ औ बर्षमा प्रवेश

  • उपहार न्यूज
  • शुक्रबार, साउन २२ २०७८
त्रियुगा टाइम्स १२ औ बर्षमा प्रवेश

उापहार न्यूज
उदयपुर त्रियुगा मिडिया ग्रुपको पहिलो संचार संस्था त्रियुगा टाइम्स साप्ताहिक प्रकाशनको १२ औ बर्षमा प्रवेश गरेको छ । २०६७ सालबाट विधिवत रुपमा प्रकाशन सुरु भएको पत्रिका निरन्तर प्रकाशनको १२ औ बर्ष प्रवेश गरेको हो । २०६६ सालमा जिल्ला प्रशासन कार्यालय उदयपुरमा ३१ नम्बरमा दर्ता भएको पत्रिकाले आफ्नो निरन्तर प्रकाशनको ११ औ बर्ष पुरा गरेको हो । किरण प्रसाद ढुंगाना सम्पादक विश्वराज तामाङ प्रकाशक रहेर प्रकाशन शुभारम्भ भएको पत्रिकाले १२ औ बर्ष प्रवेश गरेको अबसरमा स्मारिका प्रकाशन गर्ने भएको छ । १० औ बर्ष पुरा गरी ११ औ बर्ष प्रवेशको असरमा त्रियुगा दशक स्मारिक प्रकाशन गर्ने तयारी भए पनि कोभिड १९ का कारण आवश्यक तयारी पुरा गर्न नसकिएको पत्रिकाका संस्थापक प्रकाशक तथा प्रधान सम्पादक विश्वराज तामाङले जानकारी दिनु भयो ।
पत्रिकाले १२ औ बर्ष पुरा गरेको अबसरमा यस बर्ष देखि जिल्लामा क्रियाशिल रहेर पत्रकारिता गर्ने एक जना युवालाई क्रियाशिल युवा पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । निरन्तर ५ बर्ष देखि जिल्लामा रहेर पत्रकारिता गरिरहेको युवा पत्रकारलाई प्रोत्साहन स्वरुप त्रियुगा टाइम्स साप्ताहिकको बार्षिक उत्सवको अबसरमा हरेक बर्ष पुरस्कार वितरण गर्न लागिएको हो । पत्रिकाको बार्षिक उत्सवको अवसरमा ५ हजार पुरस्कार रासी राखिएको उक्त पुरस्कार पत्रिकाको १२ औ बर्ष पुरा गरेको अबसरमा पत्रिकाले प्रकाशन गर्न लागेको स्मारिका विमोचन तथा बार्षिक उत्सवका अवसर पारेर वितरण गर्ने छ ।
त्रियुगा मिडिया ग्रुप अन्तर्गत संचालित संचार संस्था त्रियुगा टाइम्स साप्ताहिक पहिलो हो, मिडिया ग्रुप अन्तर्गत संचालित त्रियुगा एक्सप्रेस दैनिक आगामी भदौ २ गते बाट प्रकाशनको ९ औ बर्ष पुरा गरी १० औ बर्ष प्रवेश गर्दै छ । २०७५ श्रावण १६ गते देखि संचालित उपहार एफ.एम गत श्रावण १६ गते बाट प्रशारणको तेस्रो बर्ष पुरा गरी चौथो बर्ष प्रवेश गरेको छ भने उपाहार न्यूज डटकम तेस्रो बर्षमा प्रवेश गरेको छ ।

Last updated:2021 Aug 06 Friday 13:54:33

प्रतिक्रिया
सम्बन्धित समाचार