Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा सिचाई क्षेत्रको विकास तिब्र गतिमा हुदै

  • उपहार न्यूज
  • सोमबार, साउन ११ २०७८
उदयपुरमा सिचाई क्षेत्रको विकास तिब्र गतिमा हुदै

भास्कर चौधरी
उदयपुर श्रावण ११
जल स्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय उदयपुरले गएकोे आर्थिक बर्ष ०७७/०७८ मा १७ करोड २२ लाख बराबरको कार्य सम्पन्न गरेको छ ।
जिल्लाको बेलका,चौदण्डीगढी,त्रियुगा लगायतका नगरपालिकामा सिचाई तथा नदि,खोलामा तटबन्ध निमार्णको लागि उतm रकम बराबरको कार्य गरेको जल स्रोत तथा सिचाईको क्षेत्रमा काम गर्दै आईरहेको डिभिजन कार्यालय उदयपुरका प्रमुख देवानन्द मन्डलले जानकारी दिनु भयो । बेलका नगरपालिकाको मुर्तिखोला,धुरीटप्पु ,गिदेरिखोला,चौदण्डीगढी नगरपालिकाको हडिया माथिल्लो ढुङहा,सिवाई सिचाई योजनाहरु सम्पन्न भएको छ । त्यस्तै चौदण्डी नगरकै सिवाई खोला,हडिया खोला,लाटि खोला,माडिबास खोला र द्धार खोला लगायतका खोलाहहरुमा तटबन्ध तथा स्पर निमार्णको कार्यहरु सम्पन्न भएको जल स्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय उदयपुरका ईन्जिनियर रामचन्द्र साहले बताए ।
चौदण्डीगढी नगरपालिकाको वडा नं. ७ मा ३५ लाखमा सम्पन्न २ सय ८५ मिटरको द्धारखोला तटबन्ध तथा वडा नं. १० को देवधार खोलामा निरन्तर परिरहेको पानिका कारण गरिरहेको कटानको स्थलगत अनुगमण गर्ने क्रममा उनले सो कुरा बताएकाहुन ।
चौदण्डीगढी नगर प्रमुख खगेन्द्र राईको अथक पहल र सहयोग पछि आफुहरु यस नगरपालिकाको विकास संग जोडिएको भन्दै अब को दिनहरुमा देवधार खोला नियन्त्रण,बिभिन्न सिचाई योजना लगायत थप विकासका कामहरुलाई निरन्तरता दिने डिभिजन कार्यालय उदयपुरका प्रमुख देव नन्दन मण्डलले बताए ।
खोला तथा नदि नियन्त्रण तर्फ ४ करोड ६ लाख ५० हजार र सिचाई तर्फ १३ करोड १५ लाख ५० हजार खर्च गरेको डिभिजन कार्यालयले आ.ब.०७७/०७८ मा मात्रै चौदण्डीगढी नगरपालिकामा २ करोड ४२ लाख ५० हजार बराबरको कार्य गरेको प्रमुख मण्डलले बताए ।
आर्थिक बर्ष शूरु भैइसकेकाले यथाशिघ्र लागत स्टिमेटका लागि प्राविधिक टोलि योजना स्थलहरुमा पठाउने र आर्थिक प्रकृयाको लागि सम्बन्धित मनत्रालयमा अनुरोध गर्ने समेत उनले बताए ।
सम्पन्न भएको योजनाहरु र आगामि आ.ब.का लागि संचालन गर्न सकिने अति जरुरीका योजनाहरुको सम्बन्धमा चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राई,स्थानिय ब्यतिmत्वहरु र डिभिजन कार्यालय उदयपुरका प्रमुख देव नन्दन मण्डल सहितको टोलिले स्थलगत अनुगमण गरेका थिए ।

 

 

Last updated:2021 Jul 26 Monday 15:35:28

प्रतिक्रिया
सम्बन्धित समाचार