उपाहार न्यूज
उदयपुर असार ४
श्रावणको पहिलो सोमबार उदयपुरका विभिन्न शिवालयहरुमा श्रद्धालुको घुईचो लागेको छ, त्रियुगा नगरपालिका ११ स्थित सिद्धेश्वर मन्दिरमा पनि श्रावणको पहिलो सोमबार श्रद्धालुहरुको भिड लागे हो । विगत बर्षहरुको तुलनामा यस बर्ष सिद्धेश्वरी मन्दिर ढिम्कीमा श्रद्धालुहरुको विहानै देखि चहलपहल बढेको मन्दिर व्यवस्थापन समितिका सदस्य बद्रि प्रसाद काफ्लेले जानकारी दिनु भयो ।
धार्मिक पर्यटकीय दृष्टिकोणले समेत विकास गर्न खोजिएको सिद्धेश्वर मन्दिरमा श्रद्धालुहरुको सुविधालाई ध्यानमा राख्दै मन्दिरलाई थप व्यवस्थित गर्ने काम भैरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बसन्तकुमार बस्नेतले जानकारी दिनु भयो । नेपालकै सबै भन्दा ठूलो शिव लिंग स्थापना गर्ने तयारीका साथ मन्दिर क्षेत्रलाई थप व्यवस्थित गर्ने काम भैरहेको अध्यक्ष बस्नेतले जानकारी दिनु भयो ।

