Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुरमा विद्यार्थीहरुले जलाए प्रधानमन्त्रीको पुत्ला

  • उपहार न्यूज
  • बुधबार, असार १६ २०७८
उदयपुरमा विद्यार्थीहरुले जलाए प्रधानमन्त्रीको पुत्ला

उपाहार न्यूज
उदयपु असार १६
उदयपुरमा पाँच विद्यार्थी संगठनले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु (विप्लब) र समाजवादी विद्यार्थी फोरमले सदरमुकाम गाईघाटमा पुत्लन दहन गरेका हुन् । पेट्रोलिय पदार्थको मुल्य बृद्धिको बिषयलाई लिएर विद्यार्थीहरुले राके जुलुस सहित गाईघाट बजार परिक्रमा गराएका थिए । नेविसंघ उदयपुर काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष नविन कटुवाल, स्ववियु सभापती नेविसंघ नेता रोशन कार्की, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष विमल कार्की, अनेरास्ववियुका नेताहरु प्रवेश ठकुरी, सुरेश गुप्ता नेतृत्वको विद्यार्थीहरुले विभिन्न नारा सहित विरोध प्रदर्शन गरेका थिए ।

smart

कांग्रेस नेता बसन्तकुमार बस्नेतको घरबाट निकालिएको जुलुस बैक लाईन, टेम्पो चोक हुदै मुख्य चोकमा आएर कोण सभामा परिणत भएको थियो, पुत्ला जलाउने क्रममा प्रहरी र प्रदर्शनकारी विद्यार्थी नेताहरु विच सामान्य घम्सा घम्सी समेत भएको थियो । विद्यार्थीहरुले पछिल्लो समय पेट्रोलियम पदार्थको मुल्यबृद्धिका कारण देशमा नागरिकको ढाड सेक्ने काम भएको तथा बर्तमान सरकार असंबैधानिक कदम चाल्दै जनता आकाक्षा विपरितका कार्य गर्दै बसेको प्रति विद्यार्थीहरुको विरोध रहेको थियो ।

Last updated:2021 Jun 30 Wednesday 13:39:39

प्रतिक्रिया
सम्बन्धित समाचार