Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

साथी सेवाले दियो स्वास्थ्य सामाग्री

  • उपहार न्यूज
  • मंगलबार, असार १५ २०७८
साथी सेवाले दियो स्वास्थ्य सामाग्री

भास्कर चौधरी
बेल्टार असार १५
अपाङ्गगता र दूर्गम स्वास्थ्यको क्षेत्रमाकाम गर्ने गैर सरकारी संस्था सुन्दर ढोका साथी सेवा काठमाण्डौंले चौदण्डीगढी नगरपालिका वडा नं. ६ सातधारे स्थित उदयपुर कोभिड १९ अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरनण गरेको छ ।
अक्सिजन कन्सन्टेटर ३ थान, पिपिइ रियुजेवल १२५ थान के. एन. ९५ माक्स २०० थान, स्यानिटाइजर ५० लिटर , सर्जिकल ग्लोब्स १००० थान, फेस शिल्ड २०० थान, नन् रिब्रिडिङ्ग माक्स १०थान र अक्सिजन नजलक्यनुला ५ थान गरी जम्मा १० लाख बराबरको समान सहयोग गरेको सुन्दर ढोका साथी सेवाका कार्यकारी निर्देशक विकास अधिकारीले जानकारी दिएका छन् ।
हस्तान्तरण कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईले संस्थालाई धन्यवाद दिदै यस्तै सहयोगी संस्था र व्यक्तिहरुको सहयोगबाट कोभिड अस्पतालको व्यवस्थापन र विरामीहरुको उपचारमा सहयोग पुगिरहेको बताएका छन ।
कार्यक्रममा सुन्दर ढोका साथी सेवाका महासचिव देवराज लुइटेल,कोरोना १९ अस्पताल सातधारेका फोकल पर्सन तेज बहादुर पोखरेल,स्थानिय समाजसेवि पार्वति तिम्सिना लगायतको उपस्थिति रहेको थियो ।

Last updated:2021 Jun 29 Tuesday 14:31:37

प्रतिक्रिया
सम्बन्धित समाचार