Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

बोक्सेमा प्रधानमन्त्री रोजागरको साझेदारी प्रभावकारी हुदै

  • उपहार न्यूज
  • शनिबार, असार १२ २०७८
बोक्सेमा प्रधानमन्त्री रोजागरको साझेदारी प्रभावकारी हुदै

विश्वराज तामाङ
उदयपुर असार ५
विकास निर्माणका विभिन्न प्रक्रियाहरु मध्ये यतिवेला प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारीता त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेमा संचालित विकास योजनाहरुमा परेको देखिएको छ । बहुपक्षीय साझेदारीमा संचालित विकासका साना योजनाहरु प्रभावकारी बन्दै गएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम, त्रियुगा नगरपालिका, त्रियुगा नगरपालिका वडा नम्बर १० र स्थानिय नागरिकहरुको प्रत्यक्ष सहभागीतामा संचालित योजना प्रभाकारी हुने गरेको त्रियुगा नगरपालिका वडा नम्बर १० वडाअध्यक्ष प्रकास कुमार खड्काले जानकारी दिनु भयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत त्रियुगा नगरपालिका १० मा जलेश्वर शिवालय मन्दिर परिसर तथा बाटो मर्मत सम्भार, पानी टयाङ्की रौतेनी डाडा सडक निर्माण, बोक्से चौक सार्वजनिक शौचालय निर्माण र राधा कृष्ण मन्दिर चौतारा तथा विश्राम स्थल निर्माण कार्य संचालन भैरहेको छ ।
चार योजनाको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम र वडा नगरबाट गरी ४९ लाख ३ हजार ६ सय ८३ रुपैया लागतमा काम भैरहेको त्रियुगा नगरपालिकाका रोजगार संयोजक निशा घलेले बताउनु भयो ।

जलेश्वर शिवालय मन्दिर परिसर तथा बाटो मर्मत सम्भार गर्दै 

विकास निर्माणका लागि वडा तथा नगरबाट विनियोजन हुने बजेटबाट संचालित अन्य योजना भन्दा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट संचालित योजनामा प्रत्यक्ष स्थानिय बेरोजगार नागरिकहरुले प्रत्यक्ष रोजगार पाउने गरेका छन् । स्थानिय विकास निर्माणमा स्थानिय नागरिकहरुलेनै रोजगारी पाए पछि काम पनि प्रभाकारी हुने देखिएको राधाकृष्ण मन्दिर चौतार तथा विश्राम स्थल निर्माण समितिका अध्यक्ष गणेश घिमिरेले बताउनु भयो ।

पानी टयाङ्की रौतेनी डाडा सडक नाली निर्माण 

त्रिनपा १० मा संचालित ४ योजनाका छुट्टा छुट्टै उपभोक्ता समिति मार्फत कामको प्रत्यक्ष निगरानीमा संचालन हुदा स्थानिय विकासका लागि छुटिएको बजेटको प्रभकारीता अझ बढि हुने गरेको स्थानिय नागरिक बिमल भुजेलले जानकारी दिए ।

निर्माणधिन अबस्थामा रहेको राधा कृष्ण मन्दिर चौतारा तथा विश्राम स्थल अवलकोन गर्दै जनप्रतिनिधिहरु 

त्रिनपा १० मा प्रधानमन्त्री रोजगार कार्यक्रमको साझेदारीमा संचालित योजनाहरुमा स्थानिय ५४ न्यूनतम रोजगारी समेत नपाएका नागरिकहरुले प्रत्यक्ष रोजगारी पाएका छन् । स्थानिय विकासमा आफुहरुले रोजगारी संगै विकास निर्माणमा प्रत्यक्ष सहभागीता जनाउन पाउदा स्थानिय स्थानिय नागरिकहरु पनि खुसी छन् ।
बैदेशिक रोजगारीमा गएर पनि विभिन्न श्रमको काम गर्न पर्ने बाध्यता हुदा हुदै पनि आफ्नै ठाउँको विकासमा श्रम संगै उचित ज्याला पाउदाँ आर्थिक रुपमा समेत सहज भएको काममा सहभागी स्थानिय नागरिकहरु बताउछन् ।

निर्माणधिन अबस्थामा रहेको राधा कृष्ण मन्दिर चौतारा तथा विश्राम स्थल

त्रियुगा नगरपालिकाको वडा नम्बर २, ३, ८, ९, १० तथा १४, १५ र १६ मा चालु आर्थिक बर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमले वडा संगको साझेदारीमा विभिन्न विकासका कामहरुले प्राथमिक्ता पाएका छन् ।
१०० दिनको न्यूनतमा रोजगारी समेत नपाएका वेरोजगार नागरिकहरुलाई न्यूनतम रोजगारी सृजना गर्ने उद्देश्यले सुरु भएको कार्यक्रम अन्तर्गत विभिन्न स्थानमा विकासका कामहरु अघि बढेको हो ।

चरणमा रहेको  बोक्से चौक सार्वजनिक शौचालय निर्माण

त्रियुगा नगरपालिका रोजगार अधिकृत निशा घलेका अनुसार चालु आर्थिक बर्षमा १७९४ जना बेरोजगार व्यक्ति नगरमा सुचिकृत रहेका छन्, जस अन्तर्गत यस बर्ष २८४ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । चालु आर्थिक बर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट विभिन्न २३ आयोजना संचालनमा रहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट कुल २ करोड १४ लाख २६ हजार बिनियोजन गरिए संगै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रामिकमा आधारित समुदायिक आयोजना र युवा राजगारीका लागि रुपमान्तरण पहल आयोजना अन्तर्गत प्रधनमन्त्री रोजगार कार्यक्रम र वडा नगरको लागत साझेदारी हाल सम्म २ करोड ७३ हजार ५ सय ८७ रुपैया खर्च भएको रोजगार अधिकृत घलेले जानकारी दिनु भयो ।

 

Last updated:2021 Jun 26 Saturday 14:21:59

प्रतिक्रिया
सम्बन्धित समाचार