उपाहार न्यूज
खोटाङ असार १०
खोटाङ जन्तेढुंगा गाउँपालिका ५ का स्थानिय ६५ बर्षिया खम्बसिङ तामाङ लाई सहयोग जुटेको छ, दाजु भाई समुहले उक्त स्थानमा पुगेर खम्बसिंहको लाई आवश्यक खाद्यन्न तथा लत्ता कपडा वितरण गरेको हो ।
विपन्न परिवारका खबसिंह स्थानिय गाउँमा श्रम गरी जीवन निर्वाह गर्दै आएका थिए, उनको दयनिय अबस्थाको बारेमा जानकारी पाए पछि दाजु भाई समुहले उक्त स्थानमा पुगेर सहयोग गरेको हो ।
दाजु भाई समुहले (२० हजार) बराबरको राहत सामाग्रि लिएर सोही ठाउँ पुगि तामाङलाई हस्तान्त्रण गरेको दाजुभाई समुहको नेपालका सदस्य सरोज श्रेष्ठ बताए ।
दाजु भाई समुहले राहातमा ५० केजिको चामल (२ बोरा) ,दाल १०के.जि, प्याज ५ के.जि ,चिनि ५ के.जि, मसला १ के.जि , सोयाविन १ के.जि र सिरक ,डस्ना ,तन्दा ,तकिया ,प्याटिक गुन्द्रि , झुल ,टि—सर्ट त्रिपाल २ थान हस्ताणतरन गरेको हो ।
युवाहरुले सहयोग गरे पछि जिर्ण रहेको उनको घर गाउलेहरुले मिलेर सानो घर बनाई दिने निर्णय भएको दाजुभाई समुहका सदस्य राजकुमार घिमिरेले बताए ।