Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुर कांग्रेसमा सभापतीका यी हुन आकांक्षी

  • उपहार न्यूज
  • सोमबार, असार ७ २०७८
उदयपुर कांग्रेसमा सभापतीका यी हुन आकांक्षी

राजनिति व्यूरो
उदयपुर असार ७
नेपाली कांग्रेसको १४ औ महाधिवेशनको कार्यतालिका सार्वजनिक भए संगै कांग्रेस वृत्तमा आगामी नेतृत्व कस्ले लिने भन्ने चर्चा यतिवेला वडा देखि केन्द्रिय तह सम्म चुलिएको छ । आगामी श्रावण १२ को लागि जिल्ला अधिवेशन तोकिए कांग्रेसको गाउ÷नगर अधिवेशन श्रावण १६ को लागि तय भएको छ । यता प्रदेशसभा क्षेत्रीय अधिवेशन श्रावण २०, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र निर्वाचन क्षेत्र भएकाको जिल्ला अधिवेशन श्रावण २३, एक भन्दा वढि निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन श्रावण २६, प्रदेश अधिवेशन भाद्र १ र २ र केन्द्रिय महाधिवेशन भाद्र १६ देखि १९ को लागि कांग्रेस केन्द्रिय समितिको पछिल्लो बैठकले निर्णय गरे संगै देशभर कांग्रेस अधिवेशनको सरगर्मी सुरु भएको हो ।
देशभर कांग्रेस महाधिवेशनको सरगर्मी चलिरहदा उदयपुरमा पनि भावी नेतृत्वको लागि यविवेला चर्चा सुरु भएको छ । कांग्रेस उदयपुरको सभापतीको लागि हालका सभापती विदुर बस्नेत, पूर्व पार्टी सभापती हिमाल कार्की, नारायाण बहादुर कार्की, कांग्रेस नेताहरु प्रमिला राई, मनोजकुमार बस्नेत, बसन्त बस्नेत, सरोजकुमार बस्नेत र मदनराज कटुवाल समेत भावी नेतृत्वको आकाक्षी रहेको चर्चा रहेको छ ।

विदुर बस्नेत
कांग्रेस उदयपुरको आगामी नेतृत्वको लागि पार्टी सभापतीका संभावित उम्मेदवार हुन विदुर बस्नेत २०५६ सालमा तत्कालिन पार्टी सभापती नारायण बहादुर कार्की संग चुनाव जितेर पार्टी सभापती भएका बस्नेत, २०५९ मा पार्टी विभाजन हुदाँ तत्कालिन संस्थापन पक्षका सभापती रहेका थिए । पछि २०६१ मा पार्टीको छुट्टा छुट्टै पार्टी महाधिवेशन हुदाँ पनि सभापती भएका बस्नेत २०६४ मा पार्टी एकता हुदाँ नारायाण बहादुर कार्की सभापती र बस्नेत सह सभापती रहेका थिए । २०६७ सालमा सम्पन्न जिल्ला अधिवेशनमा हिमाल कार्र्की संग सभापती उम्मेदवार भएर पराजित भएका बस्नेत २०७२ सालमा भएको पार्टीको पछिल्लो जिल्ला अधिवेशनबाट हाल सम्म सभापती रहेका छन् । लामो समय सम्म विभिन्न कालखण्डमा सभापती रहेका बस्नेत आगामी जिल्ला अधिवेशनमा सभापती उम्मेदवार हुने संभावना बढि रहेको बताए, त्यसको लागि पार्टी भित्रका साथीहरु माझ छलफल गरेर उम्मेदवारी दिने या के गर्ने भन्ने बिषयमा टुंगो लाग्न बाकी रहेको बस्नेतले बताए ।

हिमाल कार्की
कांग्रेस उदयपुरको आगामी नेतृत्वको लागि पार्टी सभापतीका बलियो प्रत्यासी मध्य एक हुन हिमाल कार्की
२०६२/०६३ को जनआन्दोलनताका उदयपुरमा नेपाली कांग्रेसको नेतृत्व गर्दै युवाहरु माझ लोकप्रिय हिमाल कार्की २०६४ मा पार्टी समायोजन हुदाँ सचिवको जिम्मेबारीमा रहेका थिए । २०६७ सालमा जिल्ला अधिवेशनमा विदुर बस्नेतलाई पराजित गर्दै पार्टी सभापतीमा विजयी भएका कार्की पछि २०७२ को जिल्ला अधिवेशनमा विदुर बस्नेत संग ३४ मतले पराजित भएका थिए ।
युवा पुस्तामा लोकप्रिय कार्की २०७४ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा उदयपुरका क्षेत्र १ (ख) बाट प्रदेश निर्वाचित भएर हाल प्रदेश नं. १ नेपाली कांग्रेस संसदीय दलको उप नेता रहेका छन् । आगामी नेतृत्वमा कांग्रेस सभापतीमा निर्वाचित भए उदयपुर कांग्रेसमय बनाउने योजना कार्कीको रहेको छ ।

नारायण बहादुर कार्की
कांग्रेस उदयपुरको आगामी नेतृत्वको लागि नारायण बहादुर कार्की पनि संभावित व्यक्तिको रुपमा चर्चामा रहेका छन् । २०५३ सालमा कांग्रेस सभापती भएका कार्की २०५६ मा भएको अधिवेशनमा विदुर बस्नेत संग पराजित भएका थिए । कांग्रेस विभागन हुदाँ शेर बहादुर देउवाले नेतृत्व गरेको कांग्रेस प्रजातान्त्रिकका जिल्ला सभापती रहेका कार्की शेर बहादुर देउवाका उदयपुरका विश्वासपात्र हुन् । २०६४ मा फुटेको दुई कांग्रेस समायोजन हुदाँ पार्टी सभापती भएका कार्की २०६७ मा पछि कांग्रेस नेतृत्व बाहिर छन् । उसो त २०६४ मा पहिलो संबिधान सभामा तत्कालिन उदयपुर क्षेत्र नं. ३ मा पराजित भएका कार्की २०७० मा सम्पनन दोस्रो संविधान सभामा लोकप्रिय मतका साथ विजयी भएका थिए । २०७४ मा प्रतिनिधि सभाको उम्मेदवार भएका कार्की नेपालटारको दनुवारबेसीमा भएको बम विस्फोटमा परी खुट्टा गुमाउन पुगेका थिए । लामो समय सम्म कांग्रेस उदयपुरको नेतृत्वमा रहेका कार्की आगामी अधिवेशनबाट सर्वहमतीमा सभापतीको रुपमा कांग्रेस वृत्तमा अगाडि सारिएको नाम हो ।

प्रमिला राई
नेपाली कांग्रेस उदयपुरको सभापतीको आकाक्षी मध्य एक मात्र महिला हुन प्रमिला राई नेपाली कांग्रेसमा लामो समय देखि योग्दान पु¥याउदै आएकी महिला नेतृत्वहरु मध्य पर्छिन प्रमिला राई । कांग्रेसका पुराना नेता स्व. बल बहादुर राईकी छोरी प्रमिला राई कांग्रेस उदयपुरका प्रभावशाली महिला नेतृहरु मध्य पर्छिन् । २०६४ सालमा पहिलो संविधान सभामा समानुपातिबाट प्रतिनिधित्व गरेकी राईले २०७० को दोस्रो संविधान सभा निर्वाचनमा प्रत्यक्ष तर्फ उदयपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेकी थिइन । कांग्रेस भित्रको अन्तरघातका कारण झिनो मतले पराजित भएको चर्चा त्यस समयमा चलेको थियो । २०७४ मा प्रतिनिधि सभा निर्वाचिनमा समानुपातिबाट प्रतिनिधि सभा सदस्य रहेकी राई पार्टीको १३ औ महाधिवेशनमा खुल्ला महिला तर्फबाट केन्द्रिय सदस्यको उम्मेदार भएर झिनो मतले पराजित भएकी थिईन् । राई पनि कांग्रेस उदयपुरको भावी नेतृत्व अब महिलाले पाउनु पर्छ भन्ने उद्देश्यका साथ सभापतीको उम्मेदवारको रुपमा चर्चामा रहेकि छिन् ।

मनोजकुमार बस्नेत
कांग्रेसको आगामी जिल्ला अधिवेशनबाट पार्टी सभापतीमा कांग्रेस नेता मनोजकुमार बस्नेतले पनि आकाक्षा देखाएका छन् । २०४७ सालमा क्षेत्रीय सभापती र २०५६ सालमा जिल्ला सचिव भएका बस्नेत आगामी नेतृत्वका लागि आफु पनि संभावित उम्मेदवार हुन सक्ने बताएका छन् ।


बसन्तकुमार बस्नेत
कांग्रेसको आगामी नेतृत्वको लागि संभावित उम्मेदारको चर्चामा छन् बसन्तकुमार बस्नेत, नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर २ को तीन पटक सम्म क्षेत्रीय सभापती रहेका बस्नेत हाल क्षेत्र नम्बर १ का क्षेत्रीय सह सभापती हुन् । स्थानिय तहको निर्वाचन २०७३ मा त्रियुगा नगरपालिका नगरपालिकाका प्रमुख प्रत्यासी बस्नेत एमालेका बलदेव चौधरी संग ७३ मतले पराजित भएका हुन् । तीन पटक सम्म क्षेत्रीय सभापती भएका बस्नेत अबको नेतृत्व युवा पुस्तामा आउनु पर्ने र सोको नेतृत्व आफुले पाउने बताउदै आएका छन् ।

सरोजकुमार बस्नेत
कांग्रेस उदयपुरको नेतृत्व दोस्रो पुस्तामा आए संभावित सभापतीको उम्मेदारमा आकाक्षा देखाका व्यक्ति हुन सरोजकुमार बस्नेत, नेपाल तरुण दल उदयपुरमा लामो समय सभापती भएका बस्नेत युवाहरु माझ लोकप्रिय छन् । नेपाली कांग्रेसको १२ र १३ औ महाधिवेशन हुदा उदयपुरको त्रियुगा नगर समितिमाको सभापतीमा निर्वाचित भएका बस्नेत आफ्नो पनि पार्टी सभापतीमा दाबेदारी रहेने बताउछन् ।

मदनराज कटुवाल
कांग्रेसको आगामी नेतृत्वको लागि मदनराज कटुवाले पनि आकाक्षा देखाएका छन् । विद्यार्थी राजनितिबाट कांग्रेसको राजनितिमा प्रवेश गरेका कटुवाल २०५१ मा नेपाल विद्यार्थी संघ उदयपुर सचिव, २०५३ देखि २०५९ सम्म सभापती भउका थिए । कांग्रेस उदयपुरमा २०६७ मा जिल्ला सदस्य भएका कटुवाल सोहि बर्ष सह सचिवमा तत्कालित सभापती हिमाल कार्कीले मनोनित गरेका थिए ।
पछि २०७१ मा जिल्ला सचिव मनोनित भएका कटुवाल पार्टीको १३ औ अधिवेशनमा कुनै पदमा उम्मेदवार नभए पनि हिमाल कार्कीबाट विदुर बस्नेतको समुहमा खुले पछि हाल पार्टी प्रवक्ताको जिम्मेबारी पाएका छन् । कांग्रेस उदयपुरका नेतृत्व दोस्रो पुस्तामा आए आफु उम्मेदवार हुने उनले बताएका छन् । पार्टीमा पहिलो पुस्तानै सभापतीका आकाक्षी भए आफु त्यसबाट पछि हट्ने उनले बताए ।

 

Last updated:2021 Jun 21 Monday 12:39:49

प्रतिक्रिया
सम्बन्धित समाचार