गर्भवतीलाई सहारा, कटारी नगरले दियो आहारा
उपाहार न्यूज
कटारी असार ६
कटारी नगरपालिकाले सुत्केरी तथा गर्भवती महिलाहरुको लागि विभिन्न प्रकारका पौष्टीक आहारा प्रदान गरेको छ । नगरपालिकाले सुनौलो हजार दिनका आमा र कोभिड १९ संक्रमित महिलाहरुलाई पोषण झोला वितरण गरिएको हो । नगरपालिका क्षेत्रका ८ सय बढी सुत्केरी तथा गर्भवती महिलाहरुलाई १३ प्रकार बढीका पौष्टीक आहारा तथा स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
नगर भित्र रहेका १४ ओटै वडाहरुका ६ महिना देखिको गर्भवती र ६ महिना सम्मको सुत्केरी आमाहरुलाई विभिन्न १३ प्रकारका पौष्टीक आहारा र स्वास्थ्य सामाग्री प्रदान गरेको नगरपालिकाकी उपमेयर भिम कुमारी राउतले बताउनुभयो ।राउतले पोषण युक्त खाना र स्वास्थ्य सामाग्रीले बच्चा र आमाको स्वास्थ्यमा महत्पूर्ण योगदान पुराउने बताउनुभयो । बिहिबार नगरपालिका आसपासका महिलाहरुलाई पालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ र उपमेयर राउतले संयुक्त सामाग्री सामाग्री हस्तान्तरण गर्नुभयो ।
बच्चा र आमा दुवैका लागि स्वास्थ्य बद्र्धक पोषण युक्त खाद्यन्न र स्वास्थ्य सामाग्रीहरु पाएपछि आमा बन्न लागेकी महिला र आमा वनिसकेकी महिलाहरु निकै खुशी भएका छन् । बुह क्षेत्रिय पोषण कार्याक्रम अन्तर्गत नगरपालिका र संघिय सरकारको सहयोगमा पोषण सामाग्री उपलब्ध गराईएको उपप्रमुख राउतले बताउनुभयो ।
स्वास्थ्यकर्मीहरुको रोहबर र सल्लाह अनुसार बिभिन्न पोष्टीक आहरा चामाल, चना मटर, घिउ, काजु, तेल, अण्डा, सरसफाईका लागि, सावुन, टावेल, झोला, काँइयो नैईल कटर लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।