Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

खाबुमा प्रभावकारी बन्दै रोजगार कार्यक्रम

  • उपहार न्यूज
  • शनिबार, असार ५ २०७८
खाबुमा प्रभावकारी बन्दै रोजगार कार्यक्रम

उपाहार न्यूज
उदयपुर असार ५
त्रियुगा नगरपालिकाका विभिन्न क्षेत्रमा संचालित पारिश्रामिकमा आधारित प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको प्रभावकारिता बढे संगै स्थानिय विकासमा राम्रो टेवा पुग्दै आएको छ । त्रियुगा नगरपालिकाको वडा नम्बर २, ३, ८, ९, १० तथा १४, १५ र १६ मा चालु आर्थिक बर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमले वडा संगको साझेदारीमा विभिन्न विकासका कामहरुले प्राथमिक्ता पाएका छन् ।
१०० दिनको न्यूनतमा रोजगारी समेत नपाएका वेरोजगार नागरिकहरुलाई न्यूनतम रोजगारी सृजना गर्ने उद्देश्यले सुरु भएको कार्यक्रम अन्तर्गत विभिन्न स्थानमा विकासका कामहरु अघि बढेका छन् । यसै क्रममा त्रियुगा नगरपालिका वडा नम्बर १५ खाबुमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी ढंगले संचालन भैरहेको वडाअध्यक्ष निर बहादुर मगरले जानकारी दिनु भयो ।
त्रियुगा नगरपालिका वडा नम्बर १५ मा विभिन्न चार योजनाको लागि चालु आर्थिक बर्षमा प्रभानमन्त्री रोजगार कार्यक्रम, वल्ड भिजन ईन्टरशेनल, जनता संग मेयर कार्यक्रम र वडा कार्यालयको साझेदारीमा विकास निर्माणको गति तिब्र रुपमा अघि बढेको अध्यक्ष मगरले बताउनु भयो ।


त्रिनपा १५ मा सिद्धावती उच्च मावि देखि वडा कार्यालय सम्म जोड्ने सडक, अधेरी हुवास सिचाई आयोजना, आरुवोटे जक्टार सडक र सगरमाथा राजमार्ग ेखि वडा कार्यालय स्वास्थ्य चौकी जोड्ने बाटो रिटनिङ वाल सहित हाल निर्माणको चरणमा रहेको अध्यक्ष मगरले बताउनु भयो ।
वडा कार्यालय, जनता संग मेयर कार्यक्रम र वल्ड भिजन इन्टरशेनलको लागत सहभागीतामा निर्माण संबन्धि आवश्यक सामाग्री तथा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पारिश्रामिक उपलब्ध गराउने गरी योजना निर्माणको काम भैरहेको वडा कार्यालयले जनाएको छ ।
यता न्यूनतम रोजगारी समेत नपाएका स्थानिय ९६ नागरिकको योजना निर्माणमा प्रत्यक्ष सहभागी भएर रोजगारी समेत प्राप्त गरेका छन् । मुलुक लकडाउन भैरहेको समयमा आफ्नो गाउँको विकासमा प्रत्यक्ष सहभागी हुन पाएकोमा योजनामा संलग्न त्रिनपा १५ का ससिका कार्कीले बताईन । त्रिनपा १५ मा निर्माण भैरहेको योजनाको केहि दिन अघि मात्रै त्रियुगा नगरपालिका प्रमुख वलदेव चौधरी सहितको टोलीले अनुगमन गरेका थिए ।


त्रियुगा नगरपालिका रोजगार अधिकृत निशा घलेका अनुसार चालु आर्थिक बर्षमा १७९४ जना बेरोजगार व्यक्ति नगरमा सुचिकृत रहेका छन्, जस अन्तर्गत यस बर्ष २८४ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । चालु आर्थिक बर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट विभिन्न २३ आयोजना संचालनमा रहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट कुल २ करोड १४ लाख २६ हजार बिनियोजन गरिए संगै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रामिकमा आधारित समुदायिक आयोजना र युवा राजगारीका लागि रुपमान्तरण पहल आयोजना अन्तर्गत प्रधनमन्त्री रोजगार कार्यक्रम र वडा नगरको लागत साझेदारी हाल सम्म २ करोड ७३ हजार ५ सय ८७ रुपैया खर्च भएको रोजगार अधिकृत घलेले जानकारी दिनु भयो ।

Last updated:2021 Jun 19 Saturday 11:15:03

प्रतिक्रिया
सम्बन्धित समाचार