Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

बिरेन्द्र बजारमा जेब्रा पुल उद्घाटन

  • उपहार न्यूज
  • शुक्रबार, असार ४ २०७८
बिरेन्द्र बजारमा जेब्रा पुल उद्घाटन

भास्कर चौधरी
बेल्टार असार ४
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्र बजारको धारापानि खोलामा निर्मित (ट्रसवृज) फलामे पुलको आज एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् । स्थानीय पूर्वाधार विकास कोष कार्यक्रम अन्तर्गतको बजेट १५ लाख र नगरपालिकाको १८ लाख तथा वडा कार्यालयको १० लाख गरी कूल ४३ लाख रुपैयाँमा उपभोक्ता समिती मार्फत उक्त पुलको निर्माण कार्य सम्पन्न भएको हो ।


२०७७ चैत २० मा सम्झौता भइ निर्माण कार्य शुरु गरिएको पुलको लम्वाई २५.५ मिटर र चौडाई ११ फिट रहेको साईड इनचार्ज सावन कुमार पाईकले जानकारी दिए ।


पुलमा भने चार पांग्रे हलुका सवारी साधन मात्र आउजाउ गर्न सक्ने क्षमता रहेको उपभोक्ता समितका सचिव विवश राईले बताए ।
फलामे पुलको उद्घाटन गर्दे डा. नारायण खड्काले आफुहरुले जनतालाई ढाटन, छल्न नहुने बताउदै सोहि अनुसार जनताको सुबिधाको लागि थुप्रै कामहरु गरिरहेको बताए


उद्घाटन कार्यक्रममा संबोधन गर्दै खडकाले भने नेपालि कांग्रेसले मात्रै बिकास निर्माणका काम, बिकासको सुरक्षा र जनताको अधिकार दिने तर केपि ओलि सरकारले संसद भंग गर्ने मनपरि अध्यादेश ल्याउने खालको अलोकतान्त्रिक काम गरिरहेको धारण ब्याक्त गरे ।
कोरना भाइरसको संक्रमणलाइ मध्य नजर गर्दै भौतिकदुरी कायम गर्दै गरिएको उतm कार्यक्रममा नगर प्रमुख खगेन्द्र राई,उप प्रमुख रिता कुमारी चौधरी लगायतको उपस्थिति रहेको थियो ।

 

Last updated:2021 Jun 18 Friday 17:07:01

प्रतिक्रिया
सम्बन्धित समाचार