Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

कांग्रेस नेता खड्काले गरे लामा खोलामा ट्रसवृज उद्घटान

  • उपहार न्यूज
  • बिहिबार, असार ३ २०७८
कांग्रेस नेता खड्काले गरे लामा खोलामा ट्रसवृज उद्घटान

भास्कर चौधरी
बेल्टार असार ३
उदयपुरको चौदण्डीगढी नगरपालिका–२ झोडापाटा र ४ नं. वडा जिराईत टोल बसाहा जोड्ने लामाखोलामा निर्मित (ट्रसवृज) फलामे पुलको उद्घाटन गरिएको छ । पुलको एक कार्यक्रमका विच नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व शहरी विकासमन्त्री डा. नारायण खड्काले उदघाटन गर्नृ भएको हो ।
उदघाट्न कार्यक्रममा बोल्दै डा. खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रनै धरापमा पारेको र नागरिकको अधिकार र आवश्य आधारभूत विषयहरु पुरा गर्ने संघीय संसदलाई दुई÷दुई पटक विघटन गरेर मुलुकलाई असफल पार्न खोजेको बताउनु भयो ।
एकातिर कोरोनको संकट छ भने अर्कोतिर बाढीपहिरोका कारण नागरिकले जनधनको क्षति व्यहोर्नु पर्दा अत्यन्तै मर्माहत भएको बताउँदै उनले नागरिकप्रति संवेदनशिल हुन सरकारलाई आग्रहसमेत गरेका छन् ।


सरकार अरुपाटिको भएपनि आफूलाई हेर्ने दृष्टिकोण अत्यन्तै सकारात्मक भएकोले सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव सबैको सहयोगबाट यस क्षेत्रका सानादेखि ठूला योजनाहरुले सफलता पाएको उनले बताए ।
समय समयमा निर्वाचन क्षेत्र उदयपुर आउने पूर्व शहरी विकासमन्त्री खड्काले जनताको काम गर्दा आनन्द र सुखको अनुभुति हुने बताए ।
स्थानीय पूर्वाधार विकास कोष कार्यक्रम अन्तर्गतको रु १० लाख र नगरपालिकाको रु १८ लाख गरी कूल २८ लाख रुपैयाँ लागतमा पुलको निर्माण कार्य सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष मौसम राईले जानकारी दिए ।
२०७७ चैत १९ मा सम्झौता भइ निर्माण कार्य शुरु गरिएको पुलको लम्वाई २७ मिटर र चौडाई ८ फिट रहेकोछ भने भारवाहन क्षमता ५ टन रहेको उपभोक्ता समितिका सचिव दिपेन्द्र वान्तावाले बताए ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख खगेन्द्र राई, वडाध्यक्षहरु प्रशुराम राई, चरणकुमार राई, ८ नं. वडा सदस्य बासुदेव राई, लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।

Last updated:2021 Jun 17 Thursday 15:55:02

प्रतिक्रिया
सम्बन्धित समाचार