ठविन्द्र मगर
ताप्ली असार १
उदयपुरको ताप्ली गाउँपालिकाम थप ११ जनामा कोरोना पोजेटिभ देखिएको छ । ताप्ली गाउँपालिकाको वडा नम्बर ५ रुपाटारको गैरीगाउँ र रामपुरमा हिजो गरिएको परिक्षणमा ११ जनामा संक्रमण देखिएको हो । गैरीगाउँमा २५ जनामा एण्टिजेन परिक्षण गर्दा ३ महिला र ८ पुरुष गरी ११ जनामा संक्रमण देखिएको हो । यता रामपुरमा २० जनामा गरिएको परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । कोरो संक्रमित मध्य ३ पुरुष र ४ महिला र र एक बालिका गरी ८ जनाले कोरोना जितेका छन् ।