Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

वल्डभिजनको साझेदारीमा जाल्पाद्धारा सर्प दंसलाई स्वास्थ्य सामाग्री

  • उपहार न्यूज
  • शुक्रबार, जेष्ठ २८ २०७८
वल्डभिजनको साझेदारीमा जाल्पाद्धारा सर्प दंसलाई स्वास्थ्य सामाग्री

उपाहार न्यूज
उदयपुर जेठ २८
विश्व महामारीको संक्रमण दिनदिनै बढ्दै जाँदा वल्र्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा जाल्पा एकीकृत विकास समाज (जीड्स) उदयपुरले ‘सामुदायिक सर्प दंस उपचार केन्द्र’ भुल्केलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
कोविड महामारीमा आफु सुरक्षित रहेर बिरामीको उपचार गर्न नेपाली सेनाको १८ नम्बर बाहिनमा सञ्चालित उपचार केन्द्रलाई ५ सेट पिपिई, २ थान अक्सिमिटर, १० थान फेससिल्ड, १ हजार थान सर्जिकल मास्क, १ सय थान ह्याण्ड ग्लोब्स र ५ लिटर ह्याण्ड स्यानिटाईजर प्रदान गरेको छ । करिब २१ हजार १ सय मुल्यबराबरका स्वास्थ्य सामग्री वल्र्डभिजनका प्रतिनिधि आनन्द खड्का, जिड्सका कार्यक्रम संयोजक अजयकुमार साह र गैसस महासंघका अध्यक्ष सुमन परियारसहितको टोलीले उपचार केन्द्र्र व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर बस्नेतलाई हस्तान्तरण गरे । सामग्री बुझ्दै अध्यक्ष बस्नेतले कोविड कहरका बेला पनि दैनिकजसो सर्पले टोकेर घाईते बिरामीहरु उपचार गर्न आउने गरेको बताए । कोविड संक्रमणको त्रासबा बीच घाईतेको उपचार गर्न जोखिमपूर्ण अवस्थामा प्राप्त सामग्रीले धेरै सहयोग पुग्ने भन्दै बस्नेतले जिड्स र वल्र्डभिजनलाई धन्यबाद दिए ।

कोविड महामारीको प्रतिकुल समयमा पनि सर्प दंसका बिरामीको उपचारमा सहज बनाउन स्वास्थ्य सामंग्री प्रदान गरिएको जिड्सका अध्यक्ष पुष्पराज पोखरेलले बताए । उनका अनुसार यसअघि जिल्ला कोविड संकट व्यवस्थापन केन्द्र ९डिसिसिएमसी० मार्पmत जिल्लाका ८ वटै स्थानीयतह र कोविडविरुद्ध अग्रपंतिमा रहेर खट्ने पत्रकारहरुलाई स्वास्थ्य सामग्री दिइसकिएको छ ।

नेपाली सेनाको १८ नं। बाहिनी अड्डा परिसरमा बिगत ६ वर्षअघि स्थापित उपचार केन्द्रबाट सर्पले डसेर घाईते हुनेहरुलाई अकालमा मर्नबाट बँचाउदै आएको केन्द्र्रका सचिव यदु ढकालले बताएका छन् । जिल्लामा सर्प दंसका घट्ना वर्षेनी बढ्दै गएपछि उपचार केन्द्र स्थापना गरेपछि हरेक बर्खायाममा विषालु सर्पको टोकाईबाट घाईते हुनेको केन्द्रमा उपचार हुँदै आएको छ ।
अहिले पनि दैनिक सरदर ३ जनाको दरले सर्प दंसका बिरामी उपचारार्थ केन्द्रमा आउने गरेको सचिव ढकालले बताएका छन् ।

Last updated:2021 Jun 11 Friday 06:38:31

प्रतिक्रिया
सम्बन्धित समाचार