Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

हाईड्रोपावरमा काम गर्ने मजदुरको फलामको पाईपले लागेर मृत्यु

  • उपहार न्यूज
  • शुक्रबार, जेष्ठ २८ २०७८
हाईड्रोपावरमा काम गर्ने मजदुरको फलामको पाईपले लागेर मृत्यु

पाँचथर, जेष्ठ-२८ गते ।

पाँचथर हिलिहाङ गाऊपालिका १ स्थितमा रहेको अरुण भ्याली हाईड्रोपावर कम्पनीमा काम गर्ने मजदुरको फलामको पाईपले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी सत्यवती गाऊपालिका २ का २९ बर्षीय मोहन राहादी मगर रहेका छन् । बिहीबार बेलुका ५ बजे साढे ३ मिटर गोलाई भएको अन्दाजी ४ टन वजन भएको फलामको पाईप बा३क ३८४५ नम्बरको क्रेनले उठाउने क्रममा क्रेनको साङली चुडिन गई मगरको घाटीमा पाईपले लागी घटनास्थलमानै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई क्रेन अप्रेटर बारा सखुवाघाट गाऊपालिका ७ का २८ बर्षीय अनिल लोप्चनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

Last updated:2021 Jun 11 Friday 06:23:41

प्रतिक्रिया
सम्बन्धित समाचार