सम्झना तामाङ
उदयपुर जेठ २७
उदयपुरमा आजबाट जेष्ठ नागरिक ६२ देखि ६४ उमेर समुहलाई भेरोसिल भ्याक्सीन दिन सुरु गरिएको छ । उदयपुरको आठ वटै स्थानिय तहका स्वास्थ्य केन्द्रहरुमा भेरोसिल भ्याक्सीन दिन सुरु गरिएको हो । त्रियुगा नगरपालिकाको जिल्ला अस्पताल उदयपुरमा भ्याक्सीन दिने क्रममा आज पहिलो दिन १८० जनालाई भ्याक्सीन दिर्ईको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिनु भयो । त्यसैगरी उदयपुरको ताप्ली गाउँपालिकामा आज ३० जनालाई भ्याक्सीन दिईएको छ । १३ महिला र १७ पुरुषलाई ताप्लीमा भ्याक्सीन दिईएको ताप्लीबाट हाम्रा सहकर्मी ठविन्द्र मगरले जानकारी दिनु भयो । भेरोसियल भ्याक्सीन आगामी जेठ २९ सम्म पालिका केन्द्रहरुमा दिईने स्वास्थ्य कार्यालयले जनाएको छ । यता अन्य उमेर समुह र अग्रभागमा रहेर काम गर्ने समुहलाई पनि चाडै भ्याक्सीन आउने तयारी रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।