Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

गाईघाटस्थित तुलसी बहुमुखी सहकारी संस्थाद्धारा ‘अनड्युटी’ सुरक्षाकर्मीलाई खाजा–पानी

  • उपहार न्यूज
  • मंगलबार, जेष्ठ २५ २०७८
गाईघाटस्थित तुलसी बहुमुखी सहकारी संस्थाद्धारा ‘अनड्युटी’ सुरक्षाकर्मीलाई खाजा–पानी

उदयपुर । उपभोक्ताहरुलाई गुणस्तरीय सेवा दिने उदेश्यका साथ हिमाली टोल गाईघाटमा संचालन भैरहेकोे तुलसी बहुमुखी सहकारी र निकट भबिस्यमा संचालन हुन लागेको गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको सयुक्त आयोजनामा कोरोना भाइरस नियन्त्रण र नगर क्षेत्रभित्र शान्ति सुरक्षा कायम राख्न अग्रपन्तीमा रहेर दिनरात खटिरहनु भएका नगर क्षेत्रका सुरक्षाकर्मीहरुलाई खाजा तथा पानी बितरण कार्यक्रम गरेको छ ।

ड्युटीमा खटिएका नगर क्षेत्रका करिब ८९ सुरक्षाकर्मीहरुलाई खाजा तथा पानी बितरण गरेको तुलसी सहकारीका म्यानेजर सीताराम अधिकारीले बताएका छन्। यो संस्थाले यस अघिपनि विभिन्न सामाजिक कार्य गर्दै आइरहेकोे र निकट भबिस्यमा गाईघाटको हिमाली टोलमा गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर संचालनमा ल्याएर उपभोक्ताहरुलाई सुलभ दरमा गुणस्तरीय सेवा दिने समेत म्यानेजर अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार