Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

खाद्यन्न वितरणको पाँचौ दिन ३० परिवारलाई सहयोग

  • उपहार न्यूज
  • सोमबार, जेष्ठ २४ २०७८
खाद्यन्न वितरणको पाँचौ दिन ३० परिवारलाई सहयोग

उपाहार न्यूज
उदयपुर जेठ २२
दाजु भाई समुहले उदयपुरको त्रियुगा नगरपालिका १३ का ३० घर परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेको छ । खाद्यन्न सामाग्री वितरण अभियानको पाँचौ दिन त्रिनपा १३ का असारीका ३० घर परिवारलाई खाद्यन्न सामाग्री हस्ताणतरन गरिएको दाजु भाई समुहका नेपाल सदस्य सरोज श्रेष्ठले जानकारी दिए ।
राहात वितरणको चौथो दिन सम्ममा युवाहरुले एक सय ५७ परिवारलाई राहात वितरण गरी सकेको जनाएको छ । श्रमको शिलसिलामा कतारमा रहेका युवाहरुले गठन गरेको दाजु भाई समुहले al jaber company ko scaffolling group को सहयोगमा लकडाउनबाट खाद्यन्न संकट भोगिरहेको परिवारलाई सहयोग गरेको हो । दाजु भाई समुहले सरु गरेको अभियानमा समुहका नेपाल सदस्य राजकुमार घिमिरे संगै स्थानिय युवाहरु देवराज विक, भुवन विक, पर्शुराम श्रेष्ठ, तिलक विक, सुदिप श्रेष्ठ र हरि विकले स्वंमसेवकको रुपमा सहयोग गरिरहेको संस्थाले जनाएको छ ।

Last updated:2021 Jun 07 Monday 16:15:48

प्रतिक्रिया
सम्बन्धित समाचार