Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

माधव नेपाललाई चिन्ता : होस् नपुर्‍याए घर न घाटको

  • उपहार न्यूज
  • शनिबार, जेष्ठ २२ २०७८
माधव नेपाललाई चिन्ता : होस् नपुर्‍याए घर न घाटको

काठमाडौं । निकै लामो समय पार्टीको सर्वोच्च हैसियत सम्हाले पनि पछिल्लो टकरावका कारण राजनीतिक बिगत र भविष्य नै ध्वस्त हुने गरी निकालिएका माधवकुमार नेपालले बालुवा पेलेर तेल ननिस्कने बताएका छन् । आफूनिकट समानान्तर जिल्ला कमिटी पदाधिकारीको जारी भर्चुअल बैठकमा नेता नेपालले संसद् विघटन गरेको केपी ओली सच्चिएर आउलान् भन्ने आफूलाई विश्वास नलागेकोले चुनौती बुझेर आफू अघि बढेको बताएका हुन् । नेता नेपालले आफू कमजोर हुँदा ओलीले झुल्याउने गरेको बताउँदै भने, ‘मैले त निष्कर्ष निकालिसकेको छु बालुवा पेलेर तेल निस्कनेवाला छैन ।’

बैठकमा सहभागी एक जिल्ला नेताका अनुसार शेरबहादुरलाई प्रधानमन्त्री बनाउन सांसदको हैसियतमा सर्वोच्चमा रिट दायर गरेकाले अहिले पार्टी घोषणा गर्न सक्ने अवस्था नभएको उनले बताएका छन् । ‘हामीले सांसदको हैसियतमा सर्वोच्चमा दायर गरेको रिट विचाराधीन छ । हामीले अहिले पार्टी खोल्यौं भने हामी अर्को पार्टीको सदस्य हुनेछौं’ नेपालको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘सबै विकल्प सोचेर अघि बढ्नु पर्ने हुन्छ । नत्र हामी घर न घाटको हुनेछौं ।’ ढिला भने गर्न नहुने भन्दै सम्बोधनको क्रममा नेपालले भने, ‘माझीहरूको सल्लाहले डुंगा पल्टेजस्तै नहोस् । मरिसकेपछि डाक्टर बोलाउनुको कुनै अर्थ हुन्न ।’

Last updated:2021 Jun 05 Saturday 12:26:28

प्रतिक्रिया
सम्बन्धित समाचार