Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

राष्ट्रपतीको चरित्र हत्या गरेको भन्दै अनेमसंघले बुझायो ज्ञापनपत्र

  • उपहार न्यूज
  • शुक्रबार, जेष्ठ २१ २०७८
राष्ट्रपतीको चरित्र हत्या गरेको भन्दै अनेमसंघले बुझायो ज्ञापनपत्र

उपाहार न्यूज
उदयपुर जेठ २१
पछिल्लो समय रापट्रपती विद्या देवी भण्डारीको चरित्र हत्या हुने गरी सामाजिक संजालहरुमा अभिव्यक्त तथा पोष्टहरु हुन थालेको भन्दै अखिल नेपाल महिला संघ उदयपुरले जिल्ला प्रशासन कार्यालय उदयपुर मार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ ।
राष्ट्रपति जस्तो व्यक्तिलाई बिभिन्न लाल्छना लागाउने अमर्यादित र अपमानजनक शब्द प्रोयोग गर्ने चरित्र हत्या गर्दै विभिन्न लाञ्छना,गाली बेइज्जति गरि सामाजिक संजाल मार्फत व्यक्तिगत,पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पु¥याउने काम भएको प्रति महिला संघले आपत्ती जनाएको हो ।
अनेम संघ उदयपुरले प्रदान गरेको ज्ञापन पत्रमा संबिधानको संरक्षकको हैसियतले सम्माननिय राष्ट्रपतिको दायित्व निर्भाह गर्दाका बिषयहरु माथि प्रस्न उठाई केहि राजनीतिक दल,संचार माध्यम लागायत सामाजिक संजालमा बिभिन्न किसिमका गालि गलौच गर्ने,महिला भएकै कारण लैंगिक हिँसा गर्ने,अपमान गर्ने,व्यक्तिगत चरित्र हत्या गर्ने,कार्यप्रति अखिल नेपाल महिला संघले घोर निन्दा र आपत्ती रहेको उलेख गरिएको छ ।
महिलाहरुले उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाई मार्फत ज्ञापन पत्र बुझाएका हुन् ज्ञापन पत्र अखिल नेपाल महिला संघ केन्दिय सचिबालय सदस्य तथा १ न. प्रदेश सचिब मंजु कुमारी चौधरी,केन्दिय सचिबालय सदस्य तथा १ न. प्रदेश माननीय अम्बिका थापा,केन्दिय सचिबालय सदस्य तथा जिल्ला इन्चार्जे गीता रेग्मी, केन्दिय सदस्य सिर्जना दनुवार र अखिल नेपाल महिला संघ जिल्ला कमेटी अध्यक्ष महेश्वरी राई बुझाएको अनेमसंघ उदयपुरका अध्यक्ष महेश्वरी राईले बताउनु भयो । उहाँले महिला माथि हुने जुनसुकै किसिमको जघन्य हिंसाको बिरोधमा अनेमसंघले निरन्तर आवाज उठाउदै आएकाले आफुले खबरदारी गरेको बताउनु भयो ।

Last updated:2021 Jun 04 Friday 12:26:47

प्रतिक्रिया
सम्बन्धित समाचार