Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरको कटारीमा आफ्नै छोरी बलात्कार गरी भागेका बाबु खोज्दै प्रहरी

  • उपहार न्यूज
  • बिहिबार, जेष्ठ २० २०७८
उदयपुरको  कटारीमा आफ्नै छोरी बलात्कार गरी भागेका बाबु खोज्दै प्रहरी

उदयपुर । उदयपुरका एक व्यक्तिले आफ्नै छोरी बलात्कार गरी फरार भएका छन् । जिल्लाको कटारी नगरपालिकाकी १५ वर्षीया छोरीलाई करणीपछि घरबाट भागेका हुन् ।

घरमा कोही नभएको बेला मंगलबार ३५ वर्षका बाबुले छोरीलाई बलात्कार गरेको उजुरी कार्यालयमा आएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिए । उनका अनुसार घटनाको दुईदिन अर्थात बिहीबार मात्र पीडितकी आमाले इप्रका कटारीमार्फत जाहेरी दिएका हुन् ।

श्रीमतिले प्रहरीमा जाहेरी दिएको थाहा पाएसँगै पीडक भनिएका बाबु भागेका हुन् । उनलाई प्रहरी परिचालन गरी खोजीकार्य व्यापक बनाइएको डिएसपी भण्डारीको भनाई छ । पीडक भागेर जानसक्ने सम्भावित सबै ठाउँहरुमा प्रहरी परिचालन गरी सोधपुछ र खोजीकार्य भइरहेकाले चाँडै नियन्त्रणमा लिइने इप्रका इन्चाज भण्डारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार