उपाहार न्यूज
काठमाण्डौ जेठ १८
प्रेस काउन्सील नेपालले विभिन्न १० अनलाईनलाई कार्वाहि गर्ने प्रक्रिया अघि बढाएको छ । मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा उपचाररत रहेकै अवस्थामा विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन भए भन्ने समाचार प्रकाशन गरे पछि काउन्सीलले यस्तो कदम चालेको हो ।
भेन्टिलेटरमा उपचाररत थापाको २०७८ जेठ १८ गते मंगलबार अपराह्न ४ः२५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । थापाको निधनपूर्व मंगलबार दिउँसो १ः३० बजे बिना पुष्टि विभिन्न अनलाईनहरुले समाचार प्रकाशन गरेको थियो ।
तथ्यहिन समाचार प्रकाशन गरेको भन्दै काउन्सीलले ती अनलाईनलाई कार्वाहिको प्रक्रिया अघि बढाएको हो ।
कारबाहीका लागि काउन्सिलले पत्र काटेका अनलाइनमा नेपालखोज डटकम, नेपालवाच डटकम, लाइभ २४ डटकम, जनआस्था डटकम, सञ्चारपाटी डटकम, इसाझावाणीदैनिक डटकम, खोज अनलाइन डटकम, धनकुटाखबर डटकम नेट, सञ्चारकेन्द्र डटकम र पालिका टाइम्स डटकम छन् ।