Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

मोवाईलमा ब्याट्रीको आयु यसरी बढाउन सकिन्छ..

  • उपहार न्यूज
  • मंगलबार, जेष्ठ १८ २०७८
मोवाईलमा ब्याट्रीको आयु यसरी बढाउन सकिन्छ..

काठमाडौँ- मोबाइलमा ब्याट्री नटिक्ने अहिलेको ठूलो समस्या हो । यो अवस्थामा मोबाइलको ब्याट्री टिकाउने केही टिप्स पढ्नुहोस् :

१. स्क्रिनको ब्राइटनेस कम गरेर चलाउने
सबैभन्दा धेरै ब्याट्रीको खपत गर्ने मोबाईलको अंगमघ्ये एक हो मोबाईलको स्क्रिन/डिस्प्ले । त्यसैले यसको ब्राईटनेस जतिसक्दो कम गरेर प्रयोग गर्नाले चार्ज खपत कम हुन जान्छ र हामीले हाम्रो फोनको ब्याट्री लामो समयसम्म टिकाउन सक्छौं ।

२. गुणस्तरीय चार्जरको प्रयोग गर्ने
बजारमा बिभिन्न कम्पनिका चार्जरहरु पाइन्छन् तर सबै चार्जले तपाईको मोबाईलको मापदण्ड पुरा गर्न सक्दैनन् । जसले गर्दा चार्ज गर्न लामो समय लाग्नुका साथसाथै ब्याट्रीलाई समेत नकारात्मक असर पार्दै गएको हुन्छ ।
त्यसैले गुणस्तरीय चार्जर र सकेसम्म मोबालईसँगै आएको वा सोही निर्माता कम्पनीले बनाएको चार्जर प्रयोग गर्नु उपयुक्त हुन्छ ।

३. ब्याकग्राउन्ड एप्लिकेसन रिफ्रेस अफ गर्ने
यो स्मार्टफोनमा भएको यस्तो फिचर हो जसले मोबाईलमा रहेका बिभिन्न एप्लिकेसनलाई फोन प्रयोग नगरेको बेलामा पनि भित्रभित्रै संचालन गर्छ र सूचनालाई अध्यावधिक गराउँछ ।
यसले अनावश्यक रुपमा ठूलो मात्रामा चार्जको खपत बढाइरहेको हुन्छ । यसलाई अफ गर्नाले पनि हामीले चार्जलाई लामो समयसम्म टिकाउन सकिन्छ । प्रायः सबैजसो मोबाइलको सेटिगंभित्र सजिलै यसलाई अफ गर्न सकिन्छ ।

४. सफ्टवेर अपडेट गर्ने
मोबाइल निर्माता कम्पनीले समय समयमा विभिन्न नयाँ सुविधा र सुधारका साथ नयाँ सफ्टवेर ल्याउँछन् । यस्ता नयाँ र प्रभावकारी सफ्टवेरले मोबाईलका बिभिन्न कार्यलाई अझ सहज बनाई ब्याट्रीको खपत कम गर्न सहयोग गर्छन् ।

५. फोन अफ नै हुनेगरी नचलाउने वा चार्ज शून्य प्रतिशत हुनुभन्दा पहिले नै चार्ज गर्ने
फोनलाई बारम्बार शून्य प्रतिशत चार्ज हुनेगरी चलाउने र अफ भएपछि मात्र फोन चार्ज गर्नाले ब्याट्रीमा चार्ज नहुने, भएपनि ढिला हुने र चार्ज चाडै सकिने समस्या देखापर्छ । त्यसैले हामीले फोनमा १५-२० प्रतिशत चार्ज बाँकी रहदै चार्ज गर्नु उपयुक्त मानिन्छ ।

६. अनावश्यक सेन्सरहरु बन्द गर्ने
हामीले प्रायः वाईफाई र ब्लुटुथ जस्ता फिचरहरु प्रयोग नभएको अवस्थामा पनि अन छोड्छौं । यसले पनि अत्याधिक ब्याट्री खपत गरिरहेको हुन्छ । त्यसैले हामीले मोबाइल प्रयोग नगरेको अवस्थामा यि सेन्सरहरुलाई अफ गरेर पनि ब्याट्रीको चार्जलाई बचाउन सकिन्छ। लोकेसन फिचर जसले फोनको जीपीएसलाई सञ्चालन गरिरहेको हुन्छ, यसलाई पनि आवश्यक बाहेक अफ गर्न सकिन्छ ।

७. अन्य
अन्य कुराहरु जस्तै धेरै तातो वा चिसोमा फोन नराख्ने, लाइभ वालपेपरहरु नराख्ने, अनावश्यक नोटिफिकेसनहरु बन्द गर्ने आदिले पनि ब्याट्रीको चार्जलाई लामो समयसम्म टिकाउन सकिन्छ ।

Last updated:2021 Jun 01 Tuesday 08:38:06

प्रतिक्रिया
सम्बन्धित समाचार