Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

बाघको आक्रमणमा परी महिलाको ज्यान गयो

  • उपहार न्यूज
  • सोमबार, जेष्ठ १७ २०७८
बाघको आक्रमणमा परी महिलाको ज्यान गयो

बाँके । निहुरो टिप्‍न गएकी एक महिलाको सोमबार बेलुकी बाघको आक्रमणमा परी मृत्यु भएको छ । मधुवा नगरपालिका—५ नौ नम्बर गाउँकी ६६ वर्षीया नन्दकला थापा क्षेत्रीलाई नेपाल भारत सीमावर्ती जंगलमा बाघले आक्रमण गर्दा मृत्यु भएको खाता रेन्ज पोष्टका सहायक वन अधिकृत सन्तोष चौधरीले बताए ।

१० जना महिला निहुरो टिप्न धनौरा जंगल क्षेत्रमा पुगेका थिए । बसेर निहुरो टिप्न लाग्दा एक्कासी बाघले थापा क्षेत्रीलाई आक्रमण गर्दा सबै भागेर ज्यान बचाएको उनले जनाए । बाघले मारेको जानकारी पाएपछि सुरक्षाकर्मीसहित वनका कर्मचारी महिलाको खोजीमा लागेका थिए । बेलुकी करिब सवा ६ बजे उनको शव दशगजा नजिक फेला परेको थियो । घटनास्थल सदरमुकाम गुलरिया देखि २५ किमी पश्चिममा पर्दछ ।

गत साउनयता बाघको आक्रमणबाट बर्दियामा ११ जनाको ज्यान गएको छ । यसै आर्थिक वर्षमा हात्तीबाट ३ जनाको ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले बताए । ५ दिनअघि मधुवन नगरपालिका—१ ओराही सामूदायिक वनमा बाख्रा चराउन गएका ७४ वर्षीय लाल बहादुर थारु बाघको आक्रमणमा परी घाइते भएका थिए ।

Last updated:2021 Jun 01 Tuesday 07:02:24

प्रतिक्रिया
सम्बन्धित समाचार