Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

संक्रमितको घर घर औषधि लिएर पुग्दै वडाध्यक्ष थापा

  • उपहार न्यूज
  • आइतबार, जेष्ठ १६ २०७८
संक्रमितको घर घर औषधि लिएर पुग्दै वडाध्यक्ष थापा

उपाहार न्यूज
कटारी जेठ १६
यतिवेला विश्व महामारीले मुलुक आक्रन्त बनीरहेको छ, यहि चुनौती र बिषम परिस्तिथीका विच जनप्रतिनिधिहरु जनताको ज्यान जोगाउन तल्लीन छन् । उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष प्रेम थापा यतिवेला आफ्ना वडाका संक्रमितहरुको घर घरमा औषधि पु¥याई रहेका छन् । कतिपय स्थानहरुमा जनप्रतिनिधिहरु आफै संक्रमित भएर घरमै त कतिपय संक्रमणको खतराबाट बच्नका लागि परिवारभन्दा टाढा गएका छ्रैनन् । तर यी युवा जनप्रतिनिधि भने यतिवेला वडाका संक्रमितहरुको घर घर पुग्दै औषधि तथा भिटामीन दिदै मनोवल बढाईरहेका छन् ।

हातले छुन सक्ने र आँखाले देख्न सक्ने स्थानिय सरकारको रुपमा स्थानिय जनप्रतिनिधिको परिकल्पना यतिवेला स्थानिय नागरिकहरुले गरीरहेका छन् । कटारी नगरपालिका २ मा हाल २० जना कोरोना संक्रमित छन्, उनीहरुको अबस्था दिनदिनै सुधार हुदै आएको छ वडाअध्यक्ष थापाले उपाहार संग भने हामीले सके सम्म घरमै सुरक्षित रहन आग्रह गरेका छौ ।

संक्रमितहरुको घर वडा अध्यक्ष थापाले भिटामिन सि ,भिटामिनबि कम्प्लेक्स, भिटामिन डी क्याल्सियम सहितको ,पारासिटामोल ,आयुर्वेदिक औषधि इम्मुनोकेयर ,मास्क,सेनिटाईजर,साबुन, नेल कटर लगायतका सामाग्री उपलब्ध गराएको बताए ।

स्थानिय नागरिकहरुलाई केन्द्र भागमा राखेर काम गर्नका लागि आफुले म्यानडेट पाएकाले सहज तथा असहज परिस्तिथीका विच पनि जनता संगै रहने अनुभुती दिलाउन जनताको घर घरमा पुग्दै सचेतना जगाउन आफु सक्रिय रहेको वडाअध्यक्ष थापाले बताए ।

Last updated:2021 May 31 Monday 09:29:23

प्रतिक्रिया
सम्बन्धित समाचार