Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

  • उपहार न्यूज
  • आइतबार, जेष्ठ १६ २०७८
आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । बंगालको खाडीमा विकसित ‘यास’ चक्रवातको प्रभाव अझै नेपालमा कायमै रहेको छ । यास पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण हाल देशका अधिकांश भू–भागमा सामान्य बदलीको अवस्था रहेको मौसमविदले जानकारी दिएका छन् । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही स्थान र अन्य प्रदेशहरुका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । प्रदेश–१ को तराई भू–भागमा र प्रदेश–२ को थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश–१, प्रदेश–२ वागमती प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी प्रदेशको केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश–१ र प्रदेश–२ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागजले जनाएको छ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको र लामो समय वर्षा भएकाले हिलेभीरपाखा, पहिरो, बाढी र जमिन कटान हुनसक्ने भन्दै यसबाट बच्न–बचाउन र आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Last updated:2021 May 30 Sunday 04:11:59

प्रतिक्रिया
सम्बन्धित समाचार