उपाहार न्यूज
खोटाङ जेठ १२
खोटाङको बराहपोखरी गाउँपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार ५९ जनामा गरिएको एन्टीजेन परिक्षणमा दुई जनामा कोरोना संक्रमण देखिएको बराहपोखरी गाउँपालिकाका सूचना अधिकारी रमेश पोख्रेलले जानकारी दिनु भयो ।
गाउँपालिकामा संक्रमण देखिए संगै खोटाङको गाउँपालिकाले समुहमा भेला भएर सामाजिक तथा साँस्कृतिक कार्य गर्न रोक लगाएको छ । पछिल्लो समय जमघटमा गरिने विवाह, ब्रतबन्ध जस्ता सामाजिक तथा साँस्कृतिक कार्यका कारण कोभिड–१९ को संक्रमण फैलिरहेको पाइएपछि गाउँपालिकाले भेला भएर कुलपूजा देवाली, साकेला लगायतका चाडपर्व मनाउनमा कडाई गरेको हो ।
गाउँपालिकाको जेठ १० गते सम्पन्न कार्यपालिका बैठकको निर्णय अनुसार गाउँपालिकामा उच्च सतकर्ता अप्नाउने भएको छ । स्थानिय प्रहरी चौकीलाई गाउँपालिका भित्रका मुख्य स्थानहरुमा निगरानी राख्न भनिएको छ, पालिकाले १० वेडको बालकन्या मावि धर्तुङमा आईसुलेसन संचालन संगै नियमीत एन्टीजेन परिक्षण सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनले जानकारी दिनु भयो ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)को जेठ ११ गतेको निर्णय अनुसार गाउँपालिकाले मनाउनै पर्ने खालका चाडपर्वलाई परिवार भित्रका सदस्य मात्रको सहभागीतामा विधि फुकाउने व्यवस्था गर्न आग्रह गरेको छ । गाउँमा पनि कोरोना संक्रमण देखिन थालिए पछि पालिकाले सम्पूर्ण नागरिकहरुलाई सुरक्षित भएर बस्नको लागि आग्रह गरिएको गाउँपालिका अध्यक्ष सालिकराम बन्जराले जानकारी दिनु भयो ।
