Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

संचार गृह र पत्रकार महासंघलाई पूर्व विद्यार्थीको स्वास्थ्य सामाग्री

  • उपहार न्युज
  • बुधबार, जेष्ठ १२ २०७८
संचार गृह र पत्रकार महासंघलाई पूर्व विद्यार्थीको स्वास्थ्य सामाग्री

उपाहार न्यूज
उदयपुर जेठ ११
विश्व महामारी कोभिड १९ को संक्रमण दिनदिनै बढ्दै जाँदा उदयपुरका संचार गृह तथा पत्रकार महासंघलाई त्रियुगा माध्यमिक विद्यालयको २०५४ साल एसएलसी ब्याजका विद्यार्थीहरुले स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।
। समाचार संकलनको सिलसिलामा पत्रकार तथा सन्चारकर्मीहरुलाई प्रयोग हुने सेनिटाइजर र मास्क वितरण गरेको हो । नेपाल पत्रकार महासंघ शाखा उदयपुर, रेडियो उदयपुर, उपहार एफएम, पूर्णपुष्टि मिडिया हाउस लगायतका स्थानमा पुगेर स्वास्थ्य सामाग्री वितरण गरिएको पत्रकार तथा अभियानका सदस्य कुमार मोतेले जानकारी दिनु भयो । संचार संस्थाका कार्यालय सम्म नै पुगेर पूर्व विद्यार्थी टोलीले स्वास्थ्य सामग्री प्रदान गरेको ब्याजी समुहका सदस्य मोतेले जानकारी दिनुभयो ।ब्याजीका सदस्यहरुले आफैले आर्थिक संकलन गरी कोरोना महामारीमा समाजलाई सहि र सत्य सूचना पुर्याउन मिडिया क्षेत्रलाई सहयोग गरेका हुन् । उक्त ब्याजीले अघिल्लो पहिलो लहरको कोरोना कहरमा पनि सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको थियो ।

Last updated:2021 May 26 Wednesday 06:08:02

प्रतिक्रिया
सम्बन्धित समाचार