Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

कटुवा पेस्तोल र गोलीसहित तीन जना पक्राउ

  • उपहार न्यूज
  • सोमबार, जेष्ठ १० २०७८
कटुवा पेस्तोल र गोलीसहित तीन जना पक्राउ

प्रहरीले सिरहामा कटुवा पेस्तोल र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको लहान नगरपालिका वडा नम्वर १ कृष्णटोलबाट १ थान कटुवा पेस्तोल र १ थान गोली सहित तीनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा लहान नगरपालिका वडा नम्वर १ बस्ने २५ वर्षीय करण पुर्वे, २२ वर्षीय संजय कुमार महतो र २४ वर्षीय धर्मेन्द्र महतो रहेका छन् । उनीहलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । गत बैशाख २८ गते राति जिल्लाको लहान नगरपालिका वडा नम्वर १ कृष्णटोल स्थित ईन्द्रदेव ठाकुरको घरबाट नगद र सुन, चाँदी सहित चोरी भएको थियो ।

सोही घटनामा संलगनहरुलाई खोजतलास गर्ने क्रममा विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीे टोलीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Last updated:2021 May 24 Monday 01:29:53

प्रतिक्रिया
सम्बन्धित समाचार