Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

विपद कोषमा सहयोग जुट्दै, महासंघबाट पत्रकारलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउन सुरु

  • उपहार न्युज
  • बिहिबार, जेष्ठ ६ २०७८
विपद कोषमा सहयोग जुट्दै, महासंघबाट पत्रकारलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउन सुरु

उपाहार न्यूज
उदयपुर जेठ ६
नेपाल पत्रकार महासंघ उदयपुरले स्थापना गरेको विपद कोषमा सहयोग जुट्ने क्रम सुरु भएको छ । नेपाल पत्रकार महासंघ उदयपुरको पहिलो बैठकबाट महासंघमा विपद कोष स्थापना गर्ने निर्णय संगै सुरु भएको कोषमा सहयोग जुट्ने क्रम सुरु भएको हो ।
पत्रकार महासंका सचिव विश्वराज तामाङले बैशाख २८ गते आफ्नो जन्म दिनको अबसर पारेर महासंघको लागि ५ हजार उपलब्ध गराउने प्रतिबद्धता सहित विपद कोषमा रकम जुट्न सुरु भएको थियो । महासंघको विपद कोषको लागि पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले ५ हजार, उपाध्यक्ष पर्शुराम थापाले ३ हजार, उपाध्यक्ष गंगा राईले २ हजार, सदस्य सन्तोष कार्कीले दुई हजार पाँच सय उपलब्ध गराएका छन् । त्यसैगरी नेपाल तामाङ पत्रकार संघ प्रदेश १ का सदस्य तथा उदयपुर जिल्ला शाखा सचिव पत्रकार अमित तामाङले ५ हजार, एमालेका युवा नेता समाजसेवी सुनिल लामाले ५ हजार कटारीका पत्रकार राजु मगरले ५ हजार महासंघको विपद कोषमा उपलब्ध गराएको नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले जानकारी दिनु भयो । हाल सम्म विपद कोषमा ३२ हजार ५ सय रुपैया संकलन भएको र पत्रकार महासंघका शुभचिन्तकहरुबाट सहयोग जुट्ने क्रम सुरु भएको अध्यक्ष खड्काले जानकारी दिनु भयो ।

विपद कोषमा रकम संकलन पश्चात महासंघका सदस्यहरुमा आपत विपतमा अबस्था हेरेर सहयोग गर्नका लागि विपद कोष स्थापना गरिएको अध्यक्ष खड्काले जानकारी दिनु भयो । यता बिहिबारबाट नेपाल पत्रकार महासंघ उदयपुरले उदयपुरका पत्रकारहरुको लागि स्वास्थ्य सामाग्री उपलब्ध गराउन सुरु गरेको छ । महासंघका उपाध्यक्ष गंगा राईको नेतृत्वमा पत्रकार महासंघ आबद्ध पत्रकारहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउन सुरु गरिएको हो । माक्स, सेनिटाईजर, फेस शिल्ड, ग्लोभ्स लगायतका सामाग्रीहरु पत्रकारको घरमै पुगेर उपलब्ध गराईएको महासंघ उपाध्यक्ष गंगा राईले बताउनु भयो । शुक्रबार देखि स्वास्थ्य सामाग्री आवश्यक पर्ने फ्रन्ट लाईनमा रहेर काम गर्ने पत्रकारलाई महासंघबाटै उपलब्ध गराईने योजना रहेको उपाध्यक्ष राईले जानकारी दिनु भयो । पत्रकार महासंघलाई केहि दिन अघि मात्रै त्रियुगा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रमेश विश्वकर्मा सहितका स्थानिय व्यवसायीहरुले स्वास्थ्य सामाग्री उपलब्ध गराएको थियो ।
यता त्यसैगरी स्थानिय व्यवसायी जीवन निरौला, युवा स्वरोजगार समुहले पनि स्वास्थ्य सामाग्री पत्रकार महासंघलाई उपलब्ध गराएको उपाध्यक्ष राईले जानकारी दिनु भयो ।

Last updated:2021 May 20 Thursday 17:47:41

प्रतिक्रिया
सम्बन्धित समाचार