Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

कोरोनाबाट उदयपुरमा कार्यालय प्रमुख सहित तीनको मृत्यु

  • उपहार न्युज
  • मंगलबार, बैशाख २८ २०७८
कोरोनाबाट उदयपुरमा कार्यालय प्रमुख सहित तीनको मृत्यु

उपाहार न्यूज
उदयपुर बैशाख २८
उदयपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ, मंगलबार बिहान उदयपुरका एक कार्यालय प्रमुख सहित तीन जनाको मृत्यु भएको हो । सोमबार बेलुका र मंगलबार बिहान ३४, ५४ वर्षीय पुरुष र ५० वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।
प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइका अनुसार कोरोना भाइरसको संक्रमणपछि काठमाडौंको टिचिङ्ग अस्पतालमा उपचारको क्रममा कार्यालय प्रमुखको सोमबार मृत्यु भएको हो। सिरहा निवासी उनी कार्यालयबाटै संक्रमित भएपछि उपचारका लागि काठमाडौं पुगेका थिए ।
त्यसैगरी कोरोनाबाट संक्रमित भएका त्रियुगा नगरपालिका (८ का ५४ वर्षीय पुरुषको विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो। ज्वरो र रुघाखोकी लागेपछि उपचारका लागि अस्पताल आएका उनलाई कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि वार्डमा भर्ना गरी उपचार गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । बैशाख २३ गते अस्पतालमा भनाए भएका उनको मंगलबार बिहान बिहान ५ः१५ मा मृत्यु भएको उनले बताए ।
त्यसैगरी कोसी अञ्चल अस्पताल कोभिड फोकलपर्सन वैजनाथ साहका अनुसार त्रिनपा ५ की ५० वर्षिया महिलाको उपचारको क्रममा मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएकी उनको श्वासप्रश्वासमा समस्या देखिएपछि २६ गते कोभिड अस्पतालमा भर्ना गरिएको उनले बताए।
उनको मंगलबार बिहान १स्३० बजे मृत्यु भएको उनले बताए । मृतकको शव उदयपुर प्रशासनसँग समन्वय गरी पठाउने तयारी भइरहेको उनले बताए। कोरोना रिपोर्ट पोजिटिभ आउनुका साथै श्वासप्रश्वासमा पनि समस्या भएपछि उनीहरुलाई उपचारकालागि अस्पताल भर्ना गरिएको थियो।
यसैबीच जिल्लामा कोरोना भाइरसको संक्रमितको संख्या दुई सय ३९ पुगेको छ । त्यसमध्ये पुरुष एक सय ३५ र महिला एक सय ४ रहेका छन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीका अनुसार सोमबार ३३ जना महिला र २७ जना पुरुषमा संक्रमण देखिएको हो । कोरोना संक्रमित मध्य २१ जना कोभिड अस्पताल बेल्टारमा उपचाररत छन् बाकी होम आईसुलेसनमा रहेर उपचार गराईरहेका छन् ।

Last updated:2021 May 11 Tuesday 04:54:12

प्रतिक्रिया
सम्बन्धित समाचार