Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

आज २५ संक्रमित थपिए संगै उदयपुरमा संक्रमित संख्या २३९

  • उपहार न्युज
  • सोमबार, बैशाख २७ २०७८
आज २५ संक्रमित थपिए  संगै उदयपुरमा संक्रमित संख्या २३९

सम्झाना तामाङ
उदयपुर बैशाख २७
उदयपुरमा आज त्रियुगा २५ जना कोरोना संक्रमित थपिए संगै उदयपुरमा संक्रमितको संख्या २३९ पुगेको छ । जिल्ला स्वास्थय कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिकाका १८ सहित आज २५ जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । उदयपुरमा हाल सम्म एक सय ४ महिला र एक सय ३५ पुरुष गरी २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
कोरोना संक्रमितको उपचारको लागि तयार गरिएको बेल्टार स्थित कोभिड अस्पतालमा हाल २१ जनाले उपचार गराईरहेको अस्पताल इन्चार्ज तेज बहादुर पोख्रेलले जानकारी दिनु भयो । यता कोभिड संक्रमित ३ जनालाई कोसी अस्प्ताल विराटनगर रेफर गरिएको र बाकी होम आईसुलेसनमा रहेको जिल्ला अस्पताल उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिनु भयो ।
हालसम्म महिला दुई र पुरुष एक गरी तीन जनाले कोरोना जितेर घर फर्किएका छन् भने दुई महिला र दुई पुरुष गरी चार जनाको कोरोनाकै कारण ज्यान गएको छ ।

Last updated:2021 May 10 Monday 11:53:54

प्रतिक्रिया
सम्बन्धित समाचार