Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

काठमाण्डौ उपत्यका थप १५ दिन लकडाउन सिफारिस

  • उपहार न्युज
  • सोमबार, बैशाख २७ २०७८
काठमाण्डौ उपत्यका थप १५ दिन लकडाउन सिफारिस
A view of Kathmandu Valley from Kirtipur, on Monday, August 29, 2016. The valley has witnessed excessive population boom over the past few years. Photo: THT

उपाहार न्यूज
काठमाण्डौ बैशाख २७
कोरोना संक्रमणदर दिनदिनै बढ्दै जाँदा काठमाडौं उपत्यकाभित्र थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले थप १५ दिन निषेधाज्ञा गर्न सफारिस गरेको हो । उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप दुई साता निषेधाज्ञा गर्ने कि नगर्ने भन्ने निणर्य गर्ने छ । कारोना संक्रमण बढेपछि वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी गरिएको थियो । एक साताको निषेधाज्ञा थप गरेर वैशाख २९ गतेसम्म पु¥याइएको थियो ।
अहिले काठमाडौं उपत्यका लगायत ६९ वटा जिल्लामा निषेधाज्ञा लगाइएको छ । देशभर कोरोना संक्रमण बढ्दै जाँदा अक्सिजन लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्रीको अभाव रहदाँ उपचारमा समस्या झेल्नु परेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

Last updated:2021 May 10 Monday 11:31:39

प्रतिक्रिया
सम्बन्धित समाचार