Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

अग्नी पिडितलाई राहत जुट्दै चौदण्डिगढि नगरपालिकाले प्रति परिवार तीन लाख उपलब्ध गराउने

  • उपहार न्युज
  • आइतबार, बैशाख २६ २०७८
अग्नी पिडितलाई राहत जुट्दै चौदण्डिगढि नगरपालिकाले प्रति परिवार तीन लाख उपलब्ध गराउने

सम्झनाकुमारी तामाङ
उदयपुर बैशाख २६
उदयपुरको चौदण्डिगढि नगरपालिका वडा नम्बर ८ बीरेन्द्र बजारमा आईतबार बिहान भएको आगालागी पिडितलाई राहात जुट्ने क्रम सुरु भएको छ । आगालागीबाट पूर्णरुपाम क्षती भएका परिवारलाई पुनस्थापर्ना गराउनका लागि चौदण्डिगढि नगरपालिका लगायत विभिन्न निकायहरुबाट सहयोग जुट्ने क्रम सुरु भएको हो । भीषण आगलागिका कारण पुर्णरुपमा क्षेती भएका ५ घरका ७ परिवारलाई चौदपण्डिगढि नगरपालिकाले तत्काल राहत स्वरुप कपडा ,कम्बल ,भाडाकुडा ,बाल्टी ,झुल ,साबुन ,त्रिपाल,मास्क आदि वितरण गरिएको चौदण्डिगढि नगपालिकाका नगर प्रमुख खगेन्द्र राईले जानकारी दिनु भयो ।

आगालागी पिडित परिवारलाई नगरपालिकाले प्रति घर तीन लाखको दरले नगद सहयोग उपलब्ध गराउने नगर प्रमुख राईले जानकारी दिनु भयो । नगर प्रमुख राईका अनुसार आर्थिक बर्ष २०७६÷०७७ मा नै कार्य विधि बनाएर आगालागी तथा विपदका कारण पूर्णरुपमा घरबास नष्ट भएमा पुनस्थापर्नाको लागि सहयोग गर्ने कार्यविधि अनुसार सहयोग गरिने बताउनु भयो । त्यसैगरी अग्नी पिडितलाई लाईन्स क्लब अफ चौदण्डिगढिले म्याट, तन्ना, सिरानी, बल्याङकेट लगायत प्रदान गरेको क्लबका अध्यक्ष पवन कार्कीले बताउनु भयो । छ । क्लबका अध्यक्ष पवन कार्की लगायतको उपस्तिथीमा अग्नी पिडितलाई उक्त सामाग्री हस्ताणतरन गरिएको हो । हरि राना मगर, सागर मगर, मित्रकुमार राई, लोकचन्द्र राई, दिनेश राई र हरि खड्का रहेका छन् । युवा समुहले आईतबार बिहान बीरेन्द्र बजारमा ३१ हजार ५६० रुपैया नगद संकलन गरेर स्थानिय पिडितहरुलाई हस्ताणतरन गरेका थिए ।

Last updated:2021 May 09 Sunday 14:37:30

प्रतिक्रिया
सम्बन्धित समाचार