Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

पत्रकार महासंघ उदयपुरमा ५ बेडको आईसुलेशन, विपद कोष स्थापना गरिने

  • उपहार न्युज
  • आइतबार, बैशाख २६ २०७८
पत्रकार महासंघ उदयपुरमा ५ बेडको आईसुलेशन, विपद कोष स्थापना गरिने

उपाहार न्यूज
उदयपुर बैशाख २६
नेपाल पत्रकार महासंघ उदयपुर शाखामा आईसुलेशन स्थापना गरिने भएको छ । नेपाल पत्रकार महासंघ उदयपुरको शनिवार भर्चुअल माध्यमबाट बसेको पहिलो बैठकले महासंघको तल्लो तल्लामा आईसुलेशन बनाउने निर्णय गरेको छ । कोभिड १९ को संक्रमण दिनदिनै बढ्दै गएकाले संभावित जोखिमा पर्न सक्ने पत्रकारहरुलाई सुरक्षित ढंगले राख्नको लागि ५ वेड क्षमताको आईसुलेशन तयारी गर्ने निर्णय गरिएको छ । यता कोरोना संक्रमण दिनदिनै बढ्दै गएकाले पत्रकारहरुलाई स्वास्थय सुरक्षा सामाग्री उपलब्ध गराउने तयारी समेत गरिने निर्णय गरिएको नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले जानकारी दिनु भयो ।
आईसुलेसन तथा स्वास्थ्य सुरक्षा सामाग्री सहितको व्यवस्थापन तथाका लागि महासंघले उपाध्यक्ष पर्शुराम थापा उपाध्यक्ष गंगा राई र कोषाध्यक्ष गणेश उप्रेती संयोजक रहेको छुट्टा छुट्टै तीन उप समिति गठन गरेको छ । यता कोभिड १९ बाट प्रभावित पत्रकारहरुलाई राहात तथा सहयोगका लागि महासंघले विपद कोष समेत स्थापना गर्ने निर्णय गरेको छ । महासंघको कोषमा कुनै पनि बजेट नरहेकाले तत्काल विपद प्रतिकार्यको लागि तयारी रहनका लागि विपद कोष स्थापना गरिएको महासंघका उपाध्यक्ष पर्शुराम थापाले जानकारी दिनु भयो । विपद कोषमा पत्रकार महासंघका शुभचिन्तक तथा सुभेच्छुकहरुबाट प्राप्त स्वेच्छिक सहयोग संकललन गरेर तत्कालको लागि विपद कोष स्थापना गर्ने निर्णय गरिएको उपाध्यक्ष थापाले जानकारी दिनु भयो । यता पत्रकार महासंघको नवनिर्वाचित समितिको पहिलो बैठकले निर्वाचनमा खटिने निर्वाचन समिति, सुरक्षाकर्मी तथा पत्रकारहरुलाई ध्यावाद ज्ञापन समेत पास गरेको छ ।

Last updated:2021 May 09 Sunday 13:44:30

प्रतिक्रिया
सम्बन्धित समाचार