Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुर बीरेन्द्रबजारमा आगालागी, स्थानियद्धारा राहात अभियान सुरु

  • उपहार न्युज
  • आइतबार, बैशाख २६ २०७८
उदयपुर बीरेन्द्रबजारमा आगालागी, स्थानियद्धारा राहात अभियान सुरु

उपाहार न्यूज
उदयपुर बैशाख २६
उदयपुरको चौदण्डिगढि नगरपालिका ८ बीरेन्द्र बजारमा आगालागी हुदाँ चार घर जलेर नष्ट हुदा करोडौको क्षती भएको छ । स्थानिय भरत राईको घरमा विद्युत सर्टभई बिहान ४ः१५ मा आगलागी भएको थियो करिब दुई घण्टा पछि स्थानिय, प्रहरी र दमकलको सहारामा आगालागी नियन्त्रणमा लिईएको थियो ।
आगालागीमा परी स्थानिय भरत राईको ३५ लाख बराबरको क्षती भएको छ, त्यसैगरी स्थानिय शिसिर कुमार राई, बादलविक्रम राई, पदमकुमारी मगर र कृष्ण मगरको घर जलेर पूर्णरुपमा नष्ट भएको हो । आगालागीमा परी स्थानिय केशव बयलकोटीको र्पािर्कङमा राखिएको बा स ८ प २७२५ नम्बरको मोटरसाईकल र को २ त ८२३० नम्बरको ट्याक्टर जलेर क्षती भएको छ । यता स्थानिय लाल बहादुर राईको बा १३ प ८४८० को मोटरसाईकल जलेको छ

। आगालागीबाट स्थानियको एक करोड २० लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगालागीबाट पिडित भएकाहरुलाई स्थानिय युवाहरुले तत्काल राहातको लागि संकलित रकम हस्ताणतरन गरेको छ । स्थानिय युवा विवश राईको नेतृत्वमा बिरेन्द्र बजार क्षेत्रमा स्थानियले ३१ हजार ५६० रुपैया राहात संकलन गरेका थिए । आगालागीबाट पिडित भएका ६ घर परिवारलाई ५ हजार दुई सय ६० रुपैयाको दरले तत्कालको लागि राहात प्रदान गरिएको स्थानिय युवा विवश राईले जानकारी दिए ।

Last updated:2021 May 09 Sunday 06:14:08

प्रतिक्रिया
सम्बन्धित समाचार