Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

आज देखि उदयपुर पूर्ण लकडाउन यस्तो छ अबस्था (फोटो फिचर सहित)

  • उपहार न्युज
  • शनिबार, बैशाख २५ २०७८
आज देखि उदयपुर पूर्ण लकडाउन यस्तो छ अबस्था (फोटो फिचर सहित)

उपाहार न्यूज
उदयपुर बैशाख २५
कोरोना महामारी बढिरहदा स्थानिय प्रशासनले उच्च सतकर्ता अपनाउदै आजबाट उदयपुर पूर्ण लकडाउन गरेको छ । डिसिसिएमसि उदयपुरको बिहिबार सम्पन्न बैठकले विहान ६ देखि १० बजे सम्म खाद्यन्न, दुध लगायत अत्यावश्यक सामाग्रीहरुको खरिद गर्नका लागि समय निर्धारण गरेको छ ।
यस अघि उदयपुरको स्थानिय प्रशासनले तीन पांग्रे सम्मका सवारी साधनलाई निषेध गरे संगै एक पांग्रे सवारी साधनमा एक जना मात्रै आवतजावत गर्न पाउने व्यवस्था गरेको थियो । संक्रमण दर दिनदिनै बढ्दै गएकाले नागरिकको स्वास्थ्य प्रति उच्च सतकर्ता अपनाउदै प्रशासनले यस्तो निर्णय गरेको हो ।
अत्यावश्यक एम्वुलेन्स, खानेपानी, इन्धन, औषधी तथा स्वास्थ्य, लुव्रिकेन्ट, खाद्यन्न, तरकारी फलफु, दुग्ध जन्य पदार्थ, मासुजन्य, बस्तु बोकेको सवारी, बैँक बित्तिय, इन्टरनेट दुरसञ्चार, क्वारेन्टीन, विद्युत, रेडक्रस, आईसोलेसन, फोहर महिला डाक सेवा लगायत खुल्ला गरिएको छ ।
नागरिकले अत्यावश्यक सेवाका लागि मात्र निस्कन पाउने छन् औषधी, खाद्यवस्तु सेवा खरिद बाहेक अन्य मानिस निस्कनु नपाउने , यसैगरी नेपाल सरकारले तोकिएको स्वास्थ्य मापदण्डको पूर्ण पालना अन्तर्गत सामाजिक दुरी, मास्क, सावुन पानी, सेनिटाईजर प्रयोग गर्नुपर्ने, हाटबजार, मेला जात्रा, महोत्सव, पार्टी भोज लगायत भिँडभाँड गर्न नपाउने निर्णय सहित निषेधाज्ञा जारी गरिएको छ ।



तस्बीर ः शसी तुलाधार, सन्तोष गुप्ताको सहयोगमा

Last updated:2021 May 08 Saturday 04:43:34

प्रतिक्रिया
सम्बन्धित समाचार