उपाहार न्यूज
उदयपुर बैशाख ८
उदयपुर जेसिजद्धारा नेपाल पत्रकार महासंघ उदयपुरमा निर्वाचित नयाँ समितिलाई बधाई ज्ञापन गरेको छ । बुधबार गाईघाट स्थित होटल टाउन हलमा एक कार्यक्रमको आयोजना गरी उदयपुर जेसिजले महासंघको नयाँ नेतृत्वलाई सम्मान गरेको हो । पत्रकार महासंघ अध्यक्षमा दोस्रो कार्यकालको लागि निर्वाचित भरत खड्का, उपाध्यक्षमा निर्वाचित पर्शुराम थापा, सचिव विश्वराज तामाङ सदस्यहरु बुद्धि चामलिङ, किरन प्रसाद ढुंगाना, सरोज निरौला, चन्द्र राई लगायत कार्यक्रममा सहभागी थिए । महासंघको नयाँ नेतृत्वमा पुग्न सफल समितिलाई उदयपुर जेसिजका पूर्व अध्यक्ष सन्तोष गुप्ता, सबु थापाले खादा ओडाएर सम्मान गरेको थियो । यसै विच उदयपुर जेसिजले बार्षिकरुपमा प्रकाशन गर्दै आएको बार्षिक क्यालेण्डर समेत बुधबार बिमोचन गरिएको छ । उदयपुर जेसिजको विभिन्न कार्यक्रम सहितको क्यालेण्डर संयुक्त रुपमा विमोचन गरिएको थियो ।