Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

नयाँ बर्षको दिनबाट सुरु भयो क्लिन गाईघाट ग्रीन गाईघाट अभियान

  • उपहार न्युज
  • बुधबार, बैशाख १ २०७८
नयाँ बर्षको दिनबाट सुरु भयो क्लिन गाईघाट ग्रीन गाईघाट अभियान

उपाहार न्यूज
उदयपुर बैशाख १
उदयपुर सदरमुकाम गाईघाटलाई हरित सहरको रुपमा विकास गर्नका लागि क्लिन गाईघाट ग्रीन गाईघाट अभियान सुरु भएको छ । नयाँ बर्षको अबसर पारेर नगर क्षेत्रलाई हरित नगर बनाउने अभियान अन्तर्गत त्रियुगा नगरपालिका उदयपुरले अभियान सुरु गरेको हो ।
एक कार्यक्रमका विच त्रियुगा नगरपालिका प्रमुख वलदेव चौधरीले अभियानको सुरुवात गर्नु भएको छ । बैशाख १ गते नयाँ बर्षको अबसरमा नयाँ कामको थालनी गर्ने योजनाका साथ अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ । अभियान अन्तर्गत गाईघाट दिक्तेल सडक खण्ड अन्तर्गत गाईघाट मुख्य चोक आसपासका क्षेत्रका सडक विचमा वृक्ष्यारोपण गर्ने काम सुरु गरिएको हो ।

त्रियुगा नगरपालिका क्षेत्रका सबै स्थानमा सफा सहर निर्माणको लागि अभियान सुरु गरिएको हो, अभियान अन्तर्गत गाईघाट बजार क्षेत्रमा हुने अव्यवस्थित पार्कीङलाई सशुल्क र निःशुल्क क्षेत्र निर्माण गरेर पार्किङ व्यवस्थित गर्ने, सबै घर अगाडि विरुवा रोपन लगायत गरिने नगर प्रमुख चौधरीले बताउनु भयो ।

अभियान पहिलो दिन स्थानिय जनप्रतिनिधि, नेपाल प्रहरी, स्थानिय युवा तथा नागरिकहरुले संयुक्त रुपमा मुख्य चोक क्षेत्रमा विरुवा रोपन लगायतको कामको सुरुवात गरिएको छ । त्रियुगा नगरपालिका क्षेत्र भित्र आन्तरिक तथा वाहर्य पर्यटक बृद्धि गर्दै नगरको सुन्दरता बढाउनका लागि पनि नगरपालिकाले विभिन्न योजनाहरु निर्माण गर्दै अघि बढेको जनाएको छ ।

Last updated:2021 Apr 14 Wednesday 04:49:12

प्रतिक्रिया
सम्बन्धित समाचार