उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट प्रतिबन्धीत लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौदण्डीगढी नपा ६ का २५ वर्षीय प्रताभ मगर, सोही ठाउँका ३२ वर्षीय सुरज राई र३० वर्षीय सुमन राई रहेका छन् । इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार उनीहरुको साथबाट लुपिजेक २७ एम्पुल, फेनारगन २७ एम्पुल, डाईजेपाम २७ एम्पुल र ५० ग्राम गाँजासहित ३ थान मोवाईल सेट नियन्त्रणमा लिइएको छ । बेल्टार बजारबाट करिब १ किलोमिटरको दूरी क्षेत्रबाट समातिएका उनीहरुलाई इप्रका बेल्टारको हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता बेदप्रसाद गौतमले जानकारी गराए ।