उपाहार न्यूज
उदयपुर चैत ६
उदयपुरको दुःखको रुपमा लिईदै आएको त्रियुगा नदि नियन्त्रणको लागि ऐतिहासिक सफलता मिलेको छ, त्रियुगा नियन्त्रणको लागि काम अघि बढाउनको लागि अर्थ मन्त्रालय मार्फत पहिलो चरणमा एक अर्ब ९६ करोड बजेट स्वीकृत भएको रकमको शुक्रबार ठेक्का आव्हान गरिएको छ ।
उदयपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य, पूर्व शहरी विकास मन्त्री तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य डा. नारायण खड्का तत्कालिन समयमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुदाँ देखि त्रियुगा नदि नियन्त्रणको लागि गरिएको निरन्तरको प्रयास पछि बजेट बिनियोजन भई काम अघि बढ्ने भएको हो ।
त्रियुगा नदि नियन्त्रणको लागि चालु आर्थिक बर्षमा कÞरीब सात अरवको लागत अनुमान रु ८ अर्ब १५ करोड मा आए संगै सिंचाई मंन्त्रालयवाट डिपिआर स्वीकृत भए पहिलो चरणमा एक र्ब ९६ करोड रकम विनियोजन भएको थियो ।

उदयपुरको विकासको लागि निरन्तर लागी परेका डा. खड्का डिपिआर अनुसार त्रियुगा नदि नियन्त्रणको लागि आवाश्यक वजेट स्विकृत गराउन राष्ट्रपति, प्रधानमंत्री र अर्थ मंन्त्रीहरु संग वारंवार अनुरोध र छलफल पछि योजना यो सफलता मिलेको हो । उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयबाट बहुबर्षीय ठेक्का सहमतीको लागि राष्ट्रिय योजना आयोग संग सहमती पश्चात अर्थ मन्त्रालयले बहुबर्षिय ठेक्का मार्फत काम अघि बढाउनका लागि एक अर्ब ९६ करोडको स्रोत सुनिश्चिताको लागि उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई पत्र पठाए पश्चात ठेक्काको काम अघि बढेको हो ।
त्रियुगा नदि नियन्त्रणको लागि बहुबर्षिय ठेक्का मार्फत पहिलो चरणमा अति जोखिमपूर्ण क्षेत्रको पहिचान गरेर प्राथमिक्ताको आधारमा काम अघि बढाउन सुरु गरिएको आयोजनका इन्जिनियर रामकुमार साहले जानकारी दिनु भयो ।नदि नियन्त्रणको लागि त्रियुगा शिर देखि दुवै तर्फ ५१ किलोमिटर गरी कुल एक सय किलोमिटर बाध तयार हुने छ, पहिलो चरणमा नदिको दुवै तर्फ गरी २४÷२२ किलोमिटर बाध तयार गरिने योजना रहेको इन्जिनियर साहले जानकारी दिनु भयो । त्रियुगा नदिका कारण बर्षेनी हजारौ हेक्टर खेती योग्य जमिन बगरमा परिणत हुदै जाँदा त्रियुगा नदि आसपासका नागरिकले सास्ती खेप्दै आउनु परेको छ । हाल सम्म लाखौ हेक्टर जमिन बगरमा परिणत हुदाँ स्थानिय नागरिकहरुले ठूलो क्षती बेहोर्दै आउनु परेको जोगदहका मनोज चौधरी बताउछन् ।
उदयपुरको नागरिकहरुको दुःखको रुपमा लिईने त्रियुगा नदि नियन्त्रणको लागि लामो समयको प्रयास सफल भएको छ, नदि नियन्त्रण भए स्थानियहरुको खेतियोग्य जमिन तथा बस्तीहरुकोहरुको सुरक्षा हुने भएको छ डा. खड्काले उपाहार संगको कुराकानीमा बताउनु भयो ।