Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा जिल्ला जनगणना कार्यलय संचालनमा आयो

  • उपहार न्युज
  • आइतबार, चैत्र १ २०७७
उदयपुरमा जिल्ला जनगणना कार्यलय संचालनमा आयो

उपाहार न्यूज
उदयपुर चैत १
संघियता पछिको पहिलो जनगणना आगामी बैशाख २६ गतेबाट सुरु हुने भए संगै उदयपुरमा आईतबारबाट जिल्ला जनगणना कार्यलय स्थापना भएको छ । तथ्यांक कार्यालय उदयपुर संगै कार्यालय रहने गरी जिल्ला जनगणनाको कार्यलय स्थापना भएको हो । राष्ट्रिय जनगणना २०७८ मा उदयपुर जिल्लामा जनसंख्याको अबस्था संगै विभिन्न प्रश्नावलीहरुमा रहेर जिल्लाको जनसंख्या तथा विभिन्न बिषयको मापन गरिने छ । राष्ट्रिय जनगणनाको लागि हाल गणक तथा सुुपरभाईजर छनौटको लागि केन्द्रिय तथ्यांक विभागले अनलाईन मार्फत आवेदन लिने काम भैरहेको जिल्ला जनगणना अधिकारी तथा तथ्यांक कार्यालय उदयपुरका प्रमुख शिवनारायण महतोले जानकारी दिनु भयो । महतोका अनुसार आगामी बैशाख २६ गते देखि १४ गते सम्म जिल्लाका सबै घरहरुमा पुगेर सुपरभाईजर मार्फत घर तथा घर परिवारको मुख्य विवरणहरुको सूचीकरण गर्ने छन् । यता गणकहरुले जेठ २५ देखि ८ गते सम्म जनगणनामा समावेश गरिएका विभिन्न प्रश्नावलीहरु सहित घर घरमा पुगेर विभिन्न बिषयको तथ्यांक संकलन गर्ने छन् । जिल्लामा जनगणनाको लागि छनौट हुने गणक तथा सुपरभाईजरहरुलाई तालिम दिनका लागि जिल्लाका माध्यमिक स्तरका शिक्षक, शिक्षा अधिकारी लगायतका २१ जनालाई मुख्य प्रशिक्षक उत्पादन गरिने कार्यक्रम रहेको जनगणना अधिकारी महतोले जानकारी दिनु भयो । २१ जना प्रशिक्षकबाट गणक तथा सुपरभाईजरलाई तालिम पश्चात जिल्लाका सबै स्थानहरुमा पुगेर जनगणना गरिने छ । उदयपुरमा पछिल्लो जनगणना २०६८ अनुसार ३ लाख १७ हजार ५ सय ३२ जनसंख्या रहेको छ ।

Last updated:2021 Mar 14 Sunday 10:29:44

प्रतिक्रिया
सम्बन्धित समाचार