Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

बाबरी सामुदायीक वनद्धारा शान्ति धामलाई सहयोग

  • उपहार न्युज
  • शनिबार, फाल्गुन २९ २०७७
बाबरी सामुदायीक वनद्धारा शान्ति धामलाई सहयोग

उपाहार न्यूज
उदयपुर फागुन २९
धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गरिदै त्रियुगा शान्तिधामलाई बाबरी सामुदायीक वन उपभोक्ता समुहले सहयोग हस्ताणतरन गरेको छ । शनिवार त्रियुगा नगरपालिका १२ स्थित त्रियुगा शान्ति धाम तथा बैदिक गुरुकुल संचालनको लागि बाबरी सामुदायीक वन उपभोक्ता समुह त्रियुगा नगरपालिका १० बोक्सेले आर्थिक तथा विभिन्न खाद्यन्न सहयोग उपलब्ध गराएको हो । शान्ति धामको रुपमा स्थापित केन्द्रमा थप सहयोग पुग्ने अपेक्षाका साथ सामुदायीक वनले २० हजार पच्चीस रुपैया नगद, ६० केजी चामल तथा एक ट्याक्टर दाउरा सहयोग गरेको छ ।
सामुदायीक वनका अध्यक्ष अभिमन्यु खड्काले शान्ति धाम केन्द्रका कोषाध्यक्ष बद्रि बस्नेत, शान्ति धाम अभियानकर्मी जागेश्वर साह लगायको उपस्तिथीमा सहयोग हस्ताणतरन गरेको हो । सामुदायीक वनले आफ्ना उपभोक्ताका हक हितका साथै विभिन्न सामाजिक अभियान संचालन गर्ने क्रममा सहयोग गरेको सामुदायीक वनका अध्यक्ष अभिमन्यु खड्काले जानकारी दिनु भयो ।

सामुदायीक वनले विगतमा पनि जाडोको समयमा निःशुल्क दाउरा वितरण, विपन्न परिवारहरुलाई खाद्यन्न सहयोग लगायतका कामहरु गर्दै आएको अध्यक्ष खड्काले जानकारी दिनु भयो । धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरिदै आएको शान्ति धाम निर्माणमा बाबरी सामुदायीक वनको सहयोग सराहनीय रहेको शान्तिधाम अभियानकर्मी जागेश्वर साहले जानकारी दिनु भयो । डिभिजन वन कार्यालय उदयपुरका साहयक वन अधिकृत समेत रहेका साहका अनुसार शान्ति धाममा अन्य विभिन्न सामुदायीक वनले पनि सहयोग उपलब्ध पु¥याउदै आएको बताउनु भयो

Last updated:2021 Mar 13 Saturday 12:36:20

प्रतिक्रिया
सम्बन्धित समाचार