Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

रेडक्रसको ३२ औ बार्षिक साधरण सभा सम्पन्न

  • उपहार न्युज
  • बुधबार, फाल्गुन १९ २०७७
रेडक्रसको ३२ औ बार्षिक साधरण सभा सम्पन्न

उपाहार न्यूज
उदयपुर फागुन १९
नेपाल रेडक्रस सोसाईटी उदयपुर जिल्ला शाखाको ३२ औ बार्षिक साधरण सभा बिहिबार गाईघाटमा सम्पन्न भएको छ । विपद व्यवस्थापनको क्षेत्रमा कार्य गर्दै आएको रेडक्रसले आफ्ना बार्षिक प्रगति प्रतिवेदन तथा आगामी बर्षका लागि योजना निर्माण गर्दै साधरण सभा सम्पन्न भएको हो ।
साधरण सभाको अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि त्रियुगा नगरपालिकाका उप प्रमुख देवीकुमारी चौधरीले रेडक्रसले विपद व्यवस्थापनको क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्नु भयो । उहाँले स्थानिय तह संगको समेत समन्वयमा रेडक्रसले विपद व्यवस्थापनको क्षेत्रमा महत्वपूर्ण कामहरु गर्दै आएको र आगामी दिनमा पनि सहकार्य र समन्वयको विकास गर्दै अघि बढ्नु पर्ने बताउनु भयो । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी विनोद पोख्रेल, प्रहरी उपरिक्षक भिम बहादुर दाहाल, नेकपा प्रतिनिधि महेश रोका, नेपाली कांग्रेसका प्रतिनधि भुपेन्द्र थापा, पत्रकार भक्तिविलास पोख्रेल, गैसस महासंघ उदयपुरका अध्यक्ष सुमन परियार लगायतले साधरण सभाको अबसरमा रेडक्रसले खेल्दै आएको भुमिकाको बिषयमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा बोल्दै रेडक्रस उदयपुरका सभापती विनोदकुमार बस्नेतले अन्तराष्ट्रिय संजाल रहेको रेडक्रसले देशमा आईपर्ने विभिन्न विपदहरुको समयमा राहात, उद्धार खोज तथा प्रतिकार्यका कामहरु गर्दै आएको बताउनु भयो । उहाँले उदयपुर जिल्लामा पनि संभावित विपदका घटनाहरुको पूर्व तयारी गर्दै सुरक्षा निकाय तथा विभिन्न सरोकारवालाहरु विचमा समन्वय गरेर रेडक्रसले आफ्ना कार्यक्रमहरु संचालन गर्दै आएको बताउनु भयो । मन्त्री सुभाष श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रम कोषाध्यक्ष पुष्कर खड्काले स्वागत मनतव्य राख्नु भएको थियो ।

Last updated:2021 Mar 03 Wednesday 08:49:30

प्रतिक्रिया
सम्बन्धित समाचार